Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेको पर्साको मुद्धामा गृहमन्त्री लेखकको हस्तक्षेप,मुद्धा लम्बाउँने कसरतमा सरकार

रवि लामिछानेको पर्साको मुद्धामा गृहमन्त्री लेखकको हस्तक्षेप,मुद्धा लम्बाउँने कसरतमा सरकार

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने बिरुद्ध पर्साको मुद्धा अस्विभाविक रुपमा लम्बिएको छ । उनको मुद्धा लम्बाउन राज्य नै लागिपरेको छ । पर्सामा उनीको मुद्धा गृहमन्त्रालयले नै हरेको र अनुसन्धान सकेपनि अहिल्यै प्रतिबेदन नबुझाउन दबाब दिइएको बिषय खुल्न आएको छ ।

५ ओटा सहकारीको रकम अपचलनको आरोप रहेको छ । ४ ओटा जिल्लामा उनी बिरुद्ध मुद्धा दर्ता भएर पनि धरौटीमा रिहा भैसकेका छन । रवि बिरुद्धको अन्तिम मुद्धा पर्सामा रहेको छ । लामिछाने बिरुद्ध ५ ओटा जिल्लामा एकैसाथ अनुसन्धान गरिएको थियो तर, पर्सामा उनी बिरुद्धको मुद्धा भने एकाएक रोकिएको छ । राज्यले नै उनलाई अनेक दुख दिन मुद्धा लम्बाएको सहजै बुझन सकिन्छ । अस्विभाविक रुपमा उनको मुद्धालाई लम्बाउन खोजिएको र माथिको आदेश’ भन्दै प्रहरीले अनुसन्धान सकेर पनि रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउन नसकेको बुझिएको छ । यसअघिका जिल्लामा पनि उनी बिरुद्धका मुद्धामा राज्यले अस्विभाविक तरिकाले अनुसन्धान गरेको थियो । उनलाई फसाउन हरेक ठाउँमा नयाँ तरिकाले अनुसन्धान गरेपनि उनलाई भने फसाउन सकेको छैन ।

पर्साको सानो पाइला सहकारीबाट गोर्खा मिडियामा पैसा गएको भन्दै यहाँ पनि रविमाथि अनुसन्धान भएको थियो । तीन महिनाअघि नै उनलाई पर्सा लगेर बयान समेत लिइएको थियो । यसअघि कास्की, काठमाडौं, रूपन्देही र चितवन सबै जिल्लामा मुद्दा दर्ता गरेलगत्तै अदालतमा उपस्थित भई धरौटीमा छुटेपछि बाँकी पर्सामा भने मुद्दा दायर गर्न सरकार हच्किएको छ । यो प्रकरणमा प्रत्यक्ष रूपमा गृह मन्त्रालयको निर्देशनमा अनुसन्धान भइरहेको प्रहरी अधिकारीको भनाई छ । सहकारीबाट गोर्खा मिडिया नेटवर्कको बैंक खातामा साढे आठ करोड जम्मा गरेको विषय सुरुमै देखिए पनि ‘प्रमाण अभाव’का कारण गोर्खा मिडियाका तत्कालीन प्रबन्ध सञ्चालक रवि लामिछानेलाई प्रतिवादी बनाइएको थिएन । सहकारीबाट गोर्खा मिडियामा पैसा लैजाने प्रक्रियामा उनको कतै पनि सम्बन्ध भेटिएको थिएन ।

तर, संसदीय छानबिन विशेष समितिको प्रतिवेदनपछि सरकारको आदेशमा रविको नाममा किटानी जाहेरी दिन लगाई अनुसन्धान थालिएको थियो । पर्सा प्रहरी स्रोतका अनुसार अनुसन्धानको काम एक महिनाअघि नै सकिए पनि तत्काल सरकारी वकिलमा प्रतिवेदन नबुझाउन भनिएको छ । वीरगन्ज महानगरपालिका– ६ आदर्शनगरमा रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अपचलन गरेको विषयमा यसअघि नै दुईपटक जिल्ला अदालत पर्सामा मुद्दा दर्ता भइसकेको छ ।

रवि बिरुद्धका हरेक मुद्धामा राज्यकै प्रत्यक्ष संलग्नता रहेको कुरा यस अघि पनि पुष्टि हुँदै आएको छ । पर्सा पनि उनी राज्य नै लागेको छ । रवि सहकारी ठगीमा संलग्न नहुँदा पनि गोर्खा मिडियाको प्रबन्ध निर्देशकको रूपमा चेक काटेकै आधारमा मुद्दा चलाएर राजनीतिक प्रतिशोध लिएको आरोप राज्यलाई लाग्दै आएको छ । सहकारीका नामुद ठग जिबी राई अहिले पनि फरार रहेका छन ।उनलाई खोजेर नेपाल ल्याउनुको साटो राज्य भने रविलाई फसाउने तरिका खोजिरहेको छ ।