काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने किताब लेख्ने तयारीमा रहेका छन । जसको तयारीका लागि उनले प्रहरीको हिरासतमा बस्दै गर्दा डायरी लेख्ने गरेका थिए । गत मङ्सिर २१ गते रविलाई दिनभर चितवनमा बयान सकिएपछि उनलाई रातारात चितवन पुर्याएको थियो । लामिछानेलाई रातारात चितवनबाट कास्की ल्याउने क्रममा प्रहरीले लामिछानेको डायरी खोसेको थियो । डायरीमा उनले हिरासत र अदालतका आफ्ना अनुभव लेख्ने गरेका थिए ।
प्रहरीले डायरी फिर्ता गरेपनि डायरी भित्रका लेखिएका पानाहरु भने फिर्ता नगरको बताइएको छ । पछिल्लो पटक लामिछाने गृहमन्त्री रहँदा प्रेस सल्लाहाकार रहेका प्रमोद न्यौपानेका अनुसार डायरी लिन नपाइने ठाउँमा लामिछाने फोटोकपी पेपर मागेर लेख्ने गर्थे । त्यसरी लेखेको कागज उनी डायरीभित्रै राख्ने गर्थे । “ए फोर साइजको कागजमा लेखेर उहाँले डायरीभित्र राख्ने गर्नेु भएको थियो,” न्यौपाने भन्छन “चौतर्फी दबाब भएपछि प्रहरीले डायरी फिर्ता ग¥यो । तर, त्यहाँ भित्र लेखिएका कागज भने फिर्ता नगरेको उनको भनाई रहेको छ । रास्वपा वृत्तमा रवि लामिछाने किताब लेख्दैछन् भन्ने हल्ला पनि छ । तर, न्यौपानेकाअनुसार किताब लेख्ने योजना बनेको भएपनि लामिछानेले लेख्न भने सुरु गरिसकेका छैनन् । उनले सुनाए, “लेख्ने सोच बनेको हो । तर, लेख्नै भने थालिसकेको होइन ।” आफ्ना राजनीतिक अनुभवहरु समेटेर किताब लेख्ने सोच भने बनाएका छन्, लामिछानेले बनाएको बुझिएको छ । रास्वपा सभापति रवि लामिछानेलाई सहकारीको रकम अपचलनको आरोप लागेपछि उनी यतिबेला सक्रिय राजनितीमा फर्किएका छैनन । उनी यतिबेला घरमै बस्ने,किताब पढ्ने र आफना नेताहरु भेट्ने काम गरिरहेका छन । कार्तिक २ मा सहकारी ठगी मुद्दामा पक्राउ परे यता लामिछानेको दैनिकी हिरासतदेखि अदालत आउजाउमै बितिरहेको छ ।
करिब तीन महिनाको हिरासत बसाइँपछि २५ पुसमा कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । सहकारी ठगीमा लामिछानेविरुद्ध कास्की, काठमाडौं, चितवन, कपिलवस्तु र पर्सामा मुद्दा रहेको छ । २ माघमा काठमाडौं जिल्ला अदालतले पनि उनलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दियो । काठमाडौंपछि उनी लागे रुपन्देही । १३ माघमा रुपन्देही जिल्ला अदालतले उनलाई १ करोड रुपैयाँ धरौटीमा रिहा ग¥यो ।। चितवन जिल्ला अदालतमा उनी ५४ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भए ।
कास्की, काठमाडौं, रुपन्देही र चितवनबाट धरौटीमा रिहा भएपनि पर्सामा अझै मुद्दा अदालत पुगिसकेको छैन । जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार लामिछानेको मुद्दामा अझै अनुसन्धान चलिरहेको छ । २५ मङ्सिरमै लामिछानेले पर्सामा बयान दिइसकेका थिए । तर, अनुसन्धान भने अझै सकिएको छैन । पर्समा उनको मुद्धा अस्वभाविक रुपमा लम्बिएको छ ।