काठमाडौँ । नेपालका पुर्वराजा ज्ञानेन्द्र शाहले यहीँ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पादैँ एक भिडियो सन्देश जारी गरे । उनले अब समय आएकाले आफुलाई साथ दिन आब्हान गरेका छन । त्यसको राप र ताप अहिले पनि नेपालका दल र राजनितिज्ञहरुमा परिरहेको छ । नेपालमा प्रजातन्त्र दिवस २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते मनाइन्छ । त्यही कारण यो दिनलाई ’राष्ट्रिय प्रजातन्त्र दिवस’ भन्ने गरिन्छ । यसकै अवसरमा शाहले जारी गरेको सन्देशले सबै नेपाली नेताहरुको मथिङ्गल हल्लिएको छ ।
यो सन्देश पछि नेताहरुलाई अहिले पनि त्यो रापले छाडेको छैन । शिर्ष तहका नेताहरु देखि तल्लो तहका नेताहरु लोकतन्त्रको पक्षमा उभिने क्रम जारी रहेको छ । राजाको यस्तो अभिव्यक्ति पछि नेपालका लोकतन्त्रवादी दलहरु झस्किएका छन भने भने राजावादी दलहरु हौसिएका छन । नेपालमा राजा ल्याउन कम्मर कसेर लागेका राप्रपा,दुर्गा प्रसाईँ र राप्रपा नेपालहरु खुसी भएका छन । राप्रपाले राजाको उक्त सन्देश पछि विभिन्न आन्दोलनका कार्यक्रम समेत घोषण गरिसकेको र उसले पोखरामा प्रर्दशन गरिसकेको छ । राप्रपाले सडक देखि संसद सम्म आफनो आवाजलाई बुलन्द पादै लगेको छ ।
राजावादी दलहरु हौसिदा यता लोकतन्त्र बादी दलहरु भने खुसी देखिएका छन । यो बिषयमा उनीहरुले संसदमा पटक पटक आवाज उठाएका छन । उनीहरुले नेपालमा कुनै हालतमा राजा आउन नसक्ने बताएका छन । प्रधानमन्त्री के पी शर्मा ओलीले समेत देशमा कुनै हालतमा राजा आउन नसक्ने बताएका छन । यस्तै एमालेका नेता गोकुल बास्कोटा देखि शंकर पोखरेल सम्मले राजा आउन नसक्ने बताउँदै आएका छन भने काग्रेसका नेताहरुले पनि उस्तै बताइरहेका छन । देश यतिबेला चारैतिर बाट संकटमा फसिरहेको अवस्था रहेको छ । यो दलदल बाट माथि उठाउने भन्दै २ तिहाइको सरकार बनेको ७ महिना भएको छ तर यो सरकारले झन जनतामा निशासा मात्रै थपेको छ । देशमा सुशासन ल्याउनुको सट्टा कुशासन ल्याउन लागिपरेको छ । यतिबेला नेपालका राजनितिक दलहरु प्रति बितृष्णा बढ्दो देखिन्छ ।
यस्तो अबस्थामा राजाले अब समय आएको र आफुलाई साथ दिन आग्रह गदैँ आउनु राम्रो संकेत पक्कै हैन । प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा एमाले र काग्रेस रहेका छन । तर उनीहरुले पनि जनचाहना अनुसार काम गर्न नसक्नु आफैमा दुभाग्यपुर्ण हो । राजाले अब समय आएको र आफुलाई साथ दिन खुल्ला रुपमा आब्हान गरेसँगै नेपालको गणतन्त्रको जग हल्लिएको छ ।
विशाल अधिकारी