काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई हटाउने अधिकार मन्त्रालयसँग नरहेको बताएका छन । उनलाई अस्तिमात्र उर्जामन्त्री दिपक खड्काले २४ घन्टे स्पष्टिकरण सोधेका थिए । उक्त स्पष्टिकरणको जवाफ दिदैँ कार्यकारी निर्देशक घिसिङले प्राधिकरणको निर्देशकलाई हटाउने अधिकार मन्त्रालयसँग नरहेको दाबी गरेका छन् । उनलाई उर्जामन्त्री दिपक खड्काले ५ औँ पटक स्पष्टिकरण सोधिसकेका छन । सरकारले नै उनलाई हटाउने नियतका साथ बारम्बार स्पष्टिकरण सोधिरहेको छ ।
कुलमानले कर्मचारीलाई दुःख दिने नियतले स्पष्टीकरण सोधिएको बताएका छन् । उनले .कार्यकारी निर्देशक वा महाप्रवन्धकको सेवा शर्त तथा सुविधा सम्वन्धी विनियमावली, २०६१ को विनियम २२ मा उल्लिखित अवस्था मध्ये कुन आरोपमा कारबाही गर्न लागिएको हो ?,” उनले प्रश्न गरेका छन्, “कसुर नै एकिन नभएको स्पष्टीकरणबाटै प्रकट भएको छ । स्पष्टीकरणमा कसुर एकिन नगरी गोश्वरा आरोपमा कारबाही गर्न मिल्दैन ।” उनले भनेका छन । पछिल्लो समयमा कुलमानलाई सरकारले अनेक दुख दिइरहेको छ । उनले बुझाएको स्पष्टिकरणमा आफूलाई प्रतिवाद गर्ने उचित र पर्याप्त समय समेत नदिइएकोमा आपत्ति जनाएका छन् ।