Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज सोमबार तपाईँको दिन कस्तो रहँला ?

आज सोमबार तपाईँको दिन कस्तो रहँला ?

आज विक्रम संवत २०८१ साल फाल्गुन १२ गते, सोमबार ।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) समयले साथ दिने हुँदा सानो प्रयत्नले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । धार्मिक कार्यमा मन जाने तथा धार्मिक क्षेत्रको भ्रमण हुनेछ । अध्ययन वा कामको शिलशिलामा यात्राको प्रशस्त सम्भावना रहेकोछ । प्रशासनिक क्षेत्रमा तपाईंको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । खाद्यान्न तथा निर्माण सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) सत्यता बुझेर अगाडि बढ्नुको सट्टा हल्लाको पछि लाग्दा दुःख पाइनेछ । पुरानो रोगले सताउन सक्छ ध्यान दिनुहोला । अनाश्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहनेछ । अरुकै कामका लागि समय खर्चनु पर्ने हुँदा आफ्नो काम थाती रहनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला, समय मध्ययम रहेकोछ । प्रेममा एक अर्कालाई अविश्वास गर्नाले टाडिनु पर्ने बाध्यता आउनेछ । व्यापार वा वित्तीय क्षेत्रमा लगानी गर्नको लागी आजको दिन मध्ययम रहेकोछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) तार्किक क्षमतामा बृद्धि भएर जानेछ । बोलीमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा रमाइलो यात्रा तय हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने विपरीत लिङग प्रतिको आकर्षण बढेर जानेछ । पढाइमा अरुभन्दा एक कदम बढी सफलता हात पार्न सकिनेछ । गरगहना तथा विलाशी सामानको व्यापारमा उल्लेख्य बृद्धि हुनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) हुलमुल तथा विवादित विषयमा प्रवेश नगर्नु नै राम्रो रहेकोछ । आज हुने कुनै पनि न्यायिक निर्णय तपाईंको पक्षमा हुने छैनन् । रोग, ऋण तथा संकटको सामना गर्नु पर्दा मानशिक तनाव बढ्नेछ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था नाजुक हुनेछ । पढ्ने लेख्ने कामहरु थाती नै रहनेछन् । आफन्त तथा मावली पक्षसँग विवाद बढ्ने योग रहेकोछ ध्यान दिनुहोला ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) अध्ययनमा मन जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ लिन सकिनेछ । स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रबाट भनेजस्तो आम्दानी हुनेछ । आफुले मन पराएको मानिसबाट उपहार तथा विलाशी वस्तु प्राप्त हुनेछ । निर्माण सामाग्री, खाद्यान्न, गरगहनाको व्यापारबाट उल्लेख्य नाफा कमाउन सकिनेछ । नोकरीमा बढुवा हुने योग रहेकोछ । वंश बृद्धिको योगलाई नकार्न सकिदैन ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) अध्ययन अध्यापनमा अली बढी समय खर्चिदा नतिजा आफैतिर ल्याउन सकिनेछ । कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरु हावी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुनेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) दाजुभाई तथा बन्धु बान्धवसँग सामान्य मनमुटाव सिर्जना हुने तथा विवाद बढ्नेछ । व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुनाले आर्थिक अवस्था कमजोर हुनेछ । पराक्रम तथा आट गर्न नसक्दा विभिन्न अवसरहरु गुम्नेछन् । पढाइ लेखाइमा अरुभन्दा कमजोर भइने हुनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । प्रेममा नजिक हुने समय नरहेकाले भेटघाट भन्दा पनि प्रविधिको प्रयोग गरी कुरा गर्नु राम्रो हुनेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउनेछ । आफन्तबाट भनेजस्तो सहयोग पाइने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । खाद्यान्न तथा होटल रेष्टुरेन्टको व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । बैंक तथा वित्तीय क्षेत्रबाट लाभ लिन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) चलचित्र तथा मनोरञ्जन क्षेत्रमा समय बित्नेछ । गीत संगीत तथा मोडलिङमा विशेष चासो बढ्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात लाग्नेछ । व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ भने आर्थिक क्षेत्र मजभुत रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले पद प्राप्तिको योग बन्नेछ । प्रणय सम्बन्धमा सुधार भएर जानेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) आफन्त तथा अग्रजहरुसँग विवाद सिर्जना हुनेछ । गैर न्ययिक काम नगर्नुहोला, दण्ड तथा जरिवाना हुने समय रहेकोछ । स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढेर जानेछ । माया प्रेममा धोका हुनेछ भने पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछि परिनेछ । तरपनि विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने कर्म प्राप्तिको लागी लामो दुरीको विदेश यात्रा हुनेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) समयमा अर्थ संग्रह गर्न सकिने हुँदा तथा आर्थिक अवस्था राम्रो रहने हुँदा अर्थ व्यपारमा लगानी गर्न सकिनेछ । आफ्ना भन्नेहरुले सहयोग गर्ने तथा दाजुभाइको समर्थनमा राम्रा काम गर्न सकिनेछ । वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट राम्रै आम्दानी हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट मनग्गे आर्थिक लाभ लिन सकिनेछ । माया प्रेमको गाठो कसिलो हुने समय रहेकोछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) व्यवसायलाई समय सापेक्ष परिमार्जन गरि मनग्गे आम्दानी गर्न सकिनेछ । माता पिताको धन तथा सम्पत्ति प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेकोछ ।