Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै,यी विषयमा छलफल हुने

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै,यी विषयमा छलफल हुने

काठमाडौँ । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभा बैठक संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे सुरु हुनेछ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको बताइएको छ । त्यस्तै गृह मन्त्री रमेश लेखकले ुनेपाल प्रहरी विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्ु भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले ुमोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस्ु भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जानकारी दिएको छ ।

राष्ट्रिय सभामा सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देश सहित प्रतिनिधि सभामा पठाइएका केही विधेयकका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराई टेबुल गर्ने कार्यसूची छ । भ्रष्टाचार निवारण ९पहिलो संशोधन० विधेयक–२०७६ र विद्युतीय व्यापार विधेयक–२०८० उनले टेबुल गर्नेछन् ।

विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले “नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदनु सभा समक्ष पेस कार्यसूची रहेको संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए ।