Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कांग्रेसका सभापति शेरबहादुर देउवा भारत भ्रमणमा जाने कार्यक्रम एकाएक रद्द,कारण यस्तो

कांग्रेसका सभापति शेरबहादुर देउवा भारत भ्रमणमा जाने कार्यक्रम एकाएक रद्द,कारण यस्तो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत भ्रमणमा जाने कार्यक्रम एकाएक रद्द भएको छ । आज मात्रै उनी भारत जाने कार्यक्रम तय भएको थियो । उनी भारत जाने कार्यक्रम एकाएक किन रद्ध भएको भन्ने बारे खुलाइएको छैन ।

यसअघि बिहीबार भारत जाने कार्यक्रम तय भए पनि स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन । केही स्रोतहरुले बताए अनुसार अनुसार भारतमा कुनै उच्चस्तरीय भेटघाट नहुने देखेपछि अन्तिममा आएर देउवाले यो कार्यक्रम स्थगित गरेको बताइएको छ । हिजो रातिसम्म इन्डिया फाउन्डेसनले नेपालका पूर्व प्रधानमन्त्री कम्ब ग्लोबल समिट कार्यक्रममा आउँदै छन् भने प्रचारप्रसार गरेका थियो ।

‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ को वक्ताका रूपमा सहभागी हुन देउवा त्यसतर्फ जाने तयारीमा थिए । दुई तिहाइएको सरकार बनेदेखि प्रधानमन्त्री के पी शर्मा ओलीलाई भारतले निम्तो समेत दिएको छैन । ओली भारत भ्रमणमा नजाँदै देउवा जाने भएपछि विभिन्न कोणबाट टिकाटिप्पणी समेत सुरु भएका थिए । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भमा नेपाली कांग्रेसका नेताहरु जाने र फर्केने क्रम जारी रहेको छ । कांग्रेस महामन्त्री गगन थापा महाकुम्भ मेलामा सहभागी भएर फर्किएका छन् भने सभापति शेरबहादुर देउवा जाने तयारीमा रहेका थिए । यसअघि कांग्रेस महामन्त्री थापा साथै प्रवक्ता डा. प्रकाशशरण महत, नेता अर्जुनरसिंह केसी, केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी लगायतका नेताहरु महाकुम्भमा पुगेर फर्केका छन् ।

महामन्त्री थापा मंगलबार राति भैरहवा आइपुगेर बुधबार पाल्पाको पार्टी कार्यक्रममा सहभागी हुन पुगेका छन् । थापा, महत र केसी परिवारका अन्य सदस्यहरु सहित प्रयागराज पुगेका थिए । पुस २९ मा औपचारिक रूपमा सुरु भएको महाकुम्भ ४५ दिनपछि आगामी बुधबार सकिँदैछ । कुम्भमेला हरेक १२ वर्षमा हुन्छ भने महाकुम्भ १४४ वर्षमा एक पटक आउँछ ।

कुम्भमेला प्रयागराज, हरिद्वार, उज्जैन र नासिकमा हुन्छ भने महाकुम्भ प्रयागराजमा हुने गर्छ । त्रिवेणी संगममा स्नान गर्दा आत्मिक शुद्धता हुने धार्मिक मान्यताले दशनार्थीहरु प्रयागराज पुग्ने गरेका छन् ।

प्रयागराज पुग्ने नेपालका नेताहरुले पनि महाकुम्भको अवसरमा गंगा, यमुना र सरस्वतीको त्रिवेणी संगममा स्नान गर्दा अद्भुत आध्यात्मिक शान्तिको अनुभूति भएको प्रतिक्रिया दिएका छन् । नेपालका नेताहरु सँगै नेपाली नायक तथा नायिकाहरु प्नि कुम्भ मेलामा पुगिसकेका छन भने कोही जाने क्रममा रहेका छन ।