Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

७५औं प्रजातन्त्र दिवसका अवसरमा माओवादी अध्यक्ष प्रचण्ड द्धारा शुभकामना व्यक्त

७५औं प्रजातन्त्र दिवसका अवसरमा माओवादी अध्यक्ष प्रचण्ड द्धारा शुभकामना व्यक्त

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ७५औं प्रजातन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देशमा उनले प्रजातन्त्र स्थापनाका लागि अमूल्य बलिदान दिने महान् सहिदहरूलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रजातान्त्रिक आन्दोलनका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन्।

उनले नेपाली जनताको त्याग, तपस्या र बलिदानको आधारमा स्थापित प्रजातन्त्र परिस्कृत हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको उल्लेख गर्दै, २००७ सालको आन्दोलन, २०४६ सालको जनआन्दोलन, महान् जनयुद्ध, २०६२/०६३ को ऐतिहासिक जनआन्दोलन तथा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका न्यायपूर्ण संघर्षहरूको निर्णायक भूमिका रहेको बताए।

प्रचण्डले प्राप्त उपलब्धिहरूको रक्षा गर्दै संविधानको प्रभावकारी कार्यान्वयनमार्फत समाजवादउन्मुख राज्यको आधारशिला खडा गर्नु आजको राष्ट्रिय कार्यभार भएको बताए। साथै, सुशासन, सामाजिक न्याय र समृद्धिको मूल एजेण्डालाई आत्मसात् गर्दै बदलिएको राजनीतिक व्यवस्थाअनुसार जनताको अवस्था सुधार गर्न सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

उनले प्रजातन्त्र दिवसले मुलुकका चुनौतीहरू पार गर्दै नयाँ सम्भावनाहरू सिर्जना गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।