काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभाले एउटा निर्वाचित सांसदलाई तर्साउने धम्काउने, संसदमा नली खुट्टाको हड्डी भन्दै अपमान गर्ने गतिविधि गरेको भन्दै कानुनी उपचारमा जाने चेतावनी दिएका छन । आज मंगलबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले राष्ट्रिय सभाले आफूलाई संसदमा नली खुट्टाको हड्डी भन्दै अपमान गरेको र यस्ता गतिविधि बढ्दै गए कानुनी उपचारमा जाने बताएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, राष्ट्रिय सभाका माननीय सांसदज्यूहरू र राष्ट्रिय सभाले एउटा निर्वाचित सांसदलाई तर्साउने धम्काउने, संसदमा नली खुट्टाको हड्डी भन्दै अपमान गर्ने गतिविधि गर्दै जाने हो भने म पनि संस्थागत रुपमा नीतिगत रुपमा कानुनी उपचारमा जान बाध्य हुनेछ ु। त्यसैले भन्दछु यस्ता गतिविधि तत्काल बन्द गर्नुस्। सत्य कुरालाई स्वीकार्नुस् । भन्दै लेखेका छन । (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभामा दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संघीय संसद्अन्तर्गतको राष्ट्रिय सभा वृद्धाश्रम नै रहेको दाबी गरेका थिए ।