Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अर्थमन्त्री पौडेल र मेयर आचार्य लाई भेटघाटमा बन्द,स्वास्थ्या सुधार हुँदै

अर्थमन्त्री पौडेल र मेयर आचार्य लाई भेटघाटमा बन्द,स्वास्थ्या सुधार हुँदै

काठमाडौँ । पोखरामा बेलुन विष्फोटबाट घाइते भएका उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्यमा सुधार भइरहेको कीर्तिपुर अस्पतालले बताएको छ ।

अस्पतालले विज्ञप्ति निकालेर संक्रमण बढ्ने जोखिम भएकाले अहिलेलाई भेटघाटका कार्यक्रम बन्द गरिएको जानकारी दिएको छ ।

अस्ति शनिवार पोखरा भ्रमण वर्ष कार्यक्रमको उदघाटन गर्ने क्रममा बेलुन विस्फोट हुँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए । उनीहरुलाई तत्काल पोखरामै प्राथमिक उपचार गराएर थप उपचारका लागि कीर्तिपुर अस्पतालमा ल्याइएको थियो ।