Shares
Shares
काठमाडौँ । आज विक्रम संवत २०८१ साल फाल्गुन ५ गते, सोमबार ।आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सकिने हुनाले समयमा कामहरु बन्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबीच मायाको डोरो अझ कसिलो भएर जानेछ । न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । व्यापार, उद्योग तथा शेयर बजारको लगानीबाट आम्दानी हुनेछ ।
बृष (इ,ऊ,ए,ओ,वा,वि,वु,वे,वो) रमाईलो भेटघाट हुने तथा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । शुभचिन्तक तथा आफन्तको सल्लाह तथा सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्न सके गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यापार र शेयरबजारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नयाँ योजनाको रुप रेखा कोर्न सकिनेछ । प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न पाईने हुँदा पन प्रशन्न रहनेछ । उपहार तथा भौतिक सम्पत्ति प्राप्तिको योग रहेकोछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) राजनीति तथा समाजसेवामा प्रशस्त समय खर्चिए पनि उपलब्धि न्युन हुनेछ । समय तथा परिस्थितिको अध्ययन बिना चल्नाले दुःख पाइने छ । व्यापार व्यवसायमा लगानी गरे पनि प्रतिफल पाउन निकै नै संघर्ष गर्नुपर्नेछ । साझपख समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । मन परेको मानिसबाट उपहार प्राप्तिको योग रहेकोछ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरु बन्नेछन्। रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । वित्तीय बजारको लगानीबाट आम्दानी हुनेछ । छिमेकिहरु माझ राम्रो काम गरी प्रशिद्धि कमाउन सकिनेछ । साझपख समय मध्ययम रहेकोले सवारी साधन तथा घर जग्गाको कारोबार गर्दा ध्यान दिनुहोला ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) बन्द व्यापार वा शेयर बजारबाट आम्दानी हुने तथा आर्थिक रुपमा राम्रै फड्को मार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ भने वनभोज तथा मांगलिक समारोहमा सहभागि हुन पाउदा मन प्रशन्न हुनेछ । ठूला व्यक्तिको सहयोगमा विशेष काम सम्पन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा आत्मियताको बढोत्तरी हुने योग रहेकोछ ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। शत्रुहरू किनारा लाग्नेछन्। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। राम्रा तथा विलाशिताका वस्तुहरुको प्रयोगमार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरु भन्दा राम्रो नतिजा ल्याउन सकिनेछ ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) सामान्य काममा अल्झने समय रहेकोछ । पढाइ लेखाइमा समय दिन सकिने छैन भने नतिजा अरुतिरै जानेछ । स्वास्थ्य सम्बन्धी समस्या आई पर्नेछ भने औषधि उपचार खर्च बढेर जानेछ । व्यापार व्यवसायमा मन्दी आउनेछ । र, पनि विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । साझपख माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ ।
बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) अध्ययनमा राम्रो प्रगति हुनाले सकारात्मक नतिजा हात लाग्नेछ । दाजुभाई वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ भने विभिन्न अवसरहरुले पछ्याउने हुँदा राम्रा परिणाममूखि काम गर्न सकिनेछ । खनिज पदार्थको प्रयोगमार्फत यथेष्ट धन आर्जन हुने ग्रहयोग रहेकोछ । नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति लाभ हुने गतिलो सम्भावना रहेकोछ । साझपख यात्राको बलियो सम्भावना रहेकोछ ।
धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) कर्मक्षेत्रमा राम्रो काम गरी नाम कमाउन सकिनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने आर्थिक अवस्था मजभुत हुनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । रोजगार पाइने समय रहेकोछ भने गरिरहेको काममा बढोत्तरीको प्रशस्त सम्भावना रहेकोछ । तपाईंको शालिन स्वाभावदेखि सबै मोहित हुनेछन् । प्रेममा खुलेर रमाउने समय रहेकोछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) भाग्य तथा समयले साथ दिने हुँदा आटेको तथा ताकेको काम सजिलै बन्नेछन् । सामाजिक तथा सरकारी क्षेत्रमा रहेर जनतको काम गर्ने अवसर प्राप्त हुनेछ । खोज मुलक काममा सफलता मिल्नेछ भने अध्ययनमा रुची बढ्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागी दिन राम्रो रहेकोछ । शिक्षा तथा धार्मिक क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने धार्मिक यात्रा हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रबाट आंशिक लाभ लिन सकिनेछ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरु प्रभावित हुनेछन् । चिन्ता तथा छट्पटीले उर्जा तथा आत्मविश्वासमा कमी ल्याउनेछ । नगर्नु पर्ने काममा हात हाल्दा व्यवसायिक रुपमा घाटा लाग्नेछ । धन सम्पत्ति तथा पैत्रिक धन हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा खनिज पदार्थको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ । साझपख समय राम्रो रहेकोले प्रेममा सामिप्यता बढ्नेछ । छोटो दुरीको यात्राको योग रहेकोछ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) एकल तथा साझेदारी व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो हुनेछ । साझपख समय मध्ययम रहेकोले यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209