काठमाडौँ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सत्तारुढ दलका संसदीय दलका प्रमुख सचेतकहरूको बैठक बस्न लागेको छ । राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनमा प्रतिनिधित्व गर्ने सत्ता साझेदार दलका प्रमुख सचेतकहरुबीच सदनको कारबाहीमा एकरूपता र अध्यादेश पारित गर्ने बारेमा योजना बनाउन बैठक बोलाइएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन । शनिवार बसेको सत्ता साझेदार दलहरूको शीर्ष नेताको बैठकले भूमि बाहेकका अन्य अध्यादेश तत्काल दुवै सदनमा टेबल गर्ने सहमति जुटाएको थियो ।
भूमि अध्यादेशमा पनि खासै विमति नरहेको र सत्ता साझेदार दलहरूको सहमतिबाटै टुङ्गिने बर्तौलाले बताए । बैठकमा कांग्रेसका मुख्य सचेतक श्याम घिमिरे, एमालेका महेश बर्तौला लगायत जसपा, जसपा नेपाल, जनमत, नाउपा र लोसपाका प्रमुख सचेतक सहभागी छन् ।