Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पोखराका मेयरले बेलुन समाउँदा पड्किए पछि शरीरमै लाग्यो आगो , अर्थमन्त्री भागेर बाँचे

पोखराका मेयरले बेलुन समाउँदा पड्किए पछि शरीरमै लाग्यो आगो , अर्थमन्त्री भागेर बाँचे

काठमाडौँ । आज पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् । कार्यक्रमको औपचारिक उद्घाटन गर्ने क्रममा बेलुन पडकिएको बताइएको छ । स्विच थिचेर पानसमा बत्ति बाल्ने क्रममा बेलुन आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएको जानकारी प्राप्त भएको छ ।

पोखरा प्रदर्शनी केन्द्रमा उद्घाटन गर्ने क्रममा बेलुनमा आगो लाग्दा झिल्का उनीहरुलाई परेको थियो । मेयरको गालामा आगोले पोलेको र अर्थमन्त्री सामान्य घाइते भएका छन् । दुवैलाई उपचारका लागि अस्पताल लगिएको छ । सोही बेलुन पड्किँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल भागेर मञ्चतर्फ पुगेका थिए । पोखरामा स्वदेशी र विदेशी गरी सन् २०२५ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित ‘पोखरा भ्रमण वर्ष २०२५’ को घोषणा गरिएको थियो । पोखरालाई गत वर्ष मात्रै पर्यटन राजधानी सहर घोषणा गरिएको थियो ।