Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नयाँ शक्ति पार्टीको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

नयाँ शक्ति पार्टीको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

काठमाडौँ । नयाँ शक्ति पार्टी को अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन् । अध्यक्षका प्रत्याशी नेत्र चापागाईँलाई हराउँदै बाबुराम निर्वाचित भएका हुन ।

कूल ८७३ मत खसेकोमा भट्टराईले ८०२ मत पाएका छन् भने उनका प्रतिस्पर्धी चपागाईँले जम्मा ७१ मत पाएका थिए ।

कूल खसेको मतमध्ये चापागाईँले पाएको मत ८ प्रतिशत हो । लगभग ९२ प्रतिशत मत भट्टराईकै पक्षमा गएको छ । चापागाईँ नेसपा नयाँ शक्ति निकट सामाजवादी विद्यार्थी युनियनका अध्यक्ष थिए । महिला उपाध्यक्षमा डा.भट्टराईकै छोरी मानुषी यमी भट्टराई, दलित उपाध्यक्षमा दर्गा सोव र कोषाध्यक्षमा हरि रिजाल निर्विरोध निर्वाचित भएका थिए ।