Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गुल्मीमा रहने,के के छन् कार्यक्रम ?

माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गुल्मीमा रहने,के के छन् कार्यक्रम ?

गुल्मी । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गुल्मी जाने भएका छन । आज फागुन १ गते गुल्मीका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड गुल्मी आउने माओवादी केन्द्रका नेता बुद्धि जिसीले जानकारी दिएका छन। केही समय अघि प्रचण्डकै निवासमा पुगेर मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले निम्ता गरेका थिए । आज प्रचण्ड सहित दर्जनौं नेताहरु गुल्मी आउने भएका छन् ।

प्रचण्डले धुर्कोट गाउँपालिकमा निर्मित सहिद पार्क र मालिका गाउँपालिकाको प्रशासनिक भवन उद्वघाटन गर्ने छन् । त्यस्तै फागुन १ गते देखि सुरु हुने मालिका रनिङ शिल्डमा पनि प्रचण्डको सम्बोधन रहने छ । मालिका गाउँपालिकाले फागुन १ गते मालिका रनिङ शिल्ड प्रतियोगिता गर्दै आएको छ । जहाँ गुल्मी जिल्लाका १२ वटा स्थानीय तह सहित छिमेकी पालिका बडिगाड ,गौमुखी गाउँपालिका र मितेरी पालिका ललितपुर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी बीच मैत्रीपुर्ण भलिबल खेल हुनेछ ।

वडा स्तरीय भलिबल प्रतियोगिता ,आठ वटै वडा बाट क्लब, आमा समुहले मौलिक पहिचान झल्कने रितिरिवाज प्रस्तुत गर्ने छन । भने मालिका ताराको फाइनल अडिसन समेत प्रचण्डले नियाल्ने छन् ।