Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जनयुद्धको ३० औं वर्ष: शहीदप्रति श्रद्धाञ्जली, समाजवादको यात्रा जारी – प्रचण्ड

जनयुद्धको ३० औं वर्ष: शहीदप्रति श्रद्धाञ्जली, समाजवादको यात्रा जारी – प्रचण्ड

काठमाडौं, फागुन १:जनयुद्धको ३० औं वर्षगाँठका अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै जनयुद्धले ल्याएका परिवर्तनलाई स्मरण गरेका छन्।

उनले जनयुद्धकै कारण राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै दलित, महिला, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिमलगायत समुदायको अधिकार सुनिश्चित भएको दाबी गरे।

“यदि जनयुद्ध नभएको भए, देश अझै सामन्ती शोषणमै रहन्थ्यो,” उनले भने।

प्रचण्डले बाँकी कार्यभार पूरा गर्न शान्तिपूर्ण संघर्षलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै समाजवादको यात्रामा एकजुट हुन सबैलाई अपिल गरे।