Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रहरी कुटपिट प्रकरणमा संगठनलाई बदनाम गर्न खोजेको अनेरास्ववियुको आरोप

प्रहरी कुटपिट प्रकरणमा संगठनलाई बदनाम गर्न खोजेको अनेरास्ववियुको आरोप

काठमाडौँ । काठमाडौँकोठमेलमा सुरक्षाकर्मी कुटिएको घटनामा संगठनलाई जोडेर बदनाम गर्न खोजिएको भन्दै अनेरास्ववियुले एक विज्ञप्ती निकालेको छ ।

ड्युटीमा रहेका सुरक्षाकर्मी कुटिएपछि अनेरास्ववियुका विद्यार्थीलाई पक्राउ पूर्जी जारी नभएपछि चौतर्फी आलोचना भैरहेको छ । उक्त घटनामा संगठन सदैव कानुनी राज्यको पक्षधर रहेको अध्यक्ष समिक बडालले विज्ञप्ती निकालेका छन ।

उनले घटनामा संलग्न जो सुकै भए पनि कानुनी प्रक्रियाबाट कारबाही हुनुपर्नेमा संगठन स्पष्ट रहेको बताएका छन् । ‘तथापि, घटनालाई अतिरञ्जित गर्दै सामाजिक सञ्जाल तथा प्रायोजित सामग्रीमार्फत् अनेरास्ववियुलाई बदनाम गर्ने कुचेष्टा भइरहेको देखिएकोमा यस्ता गलत प्रचारबाजीको अनेरास्ववियु घोर भर्त्सना गर्दछ’, उनले भनेका छन् ।

विज्ञप्तिमा सम्बन्धित निकायलाई निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन पनि अनुरोध गरिएको छ ।

माघ २६ गते दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम ९क्यूआरटी० को टोलीमाथि आक्रमण भएको थियो । आक्रमणबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट घाइेत भएका थिए । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट समेत लागेको थियो । उनीहरूले प्रहरीको मोटरसाइकल लडाउँदै कुटपिट गरेका थिए भने प्रहरीको लौरो समेत फालिदिएका थिए ।