Shares
Shares
काठमाडौँ । आज विक्रम संवत २०८१ साल माघ ३० गते, बुधबार ।
आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तको योग रहेकोछ । धार्मिक वा सामाजिक क्षेत्रमा राम्रा कम गर्न सकिने हुनाले मान सम्मान पाइनेछ । आमा वा परिवारमा सदस्यको सहयोगले गन्तब्य पहिल्याउन सहज हुनेछ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दुरीको यात्रा गर्न सकिनेछ । नयाँ काम पाउने वा नोकरीमा सुगम स्थानमा स्थानान्तरण हुने ग्रहयोग रहेकोछ । र, पनि खर्च बढ्ने तथा जग्गा सम्बन्धि काममा मन्दी आउनेछ ।
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। मेहनत गर्दा गर्दै उपलब्धि प्राप्त गर्न मुस्किलै पर्ने समय छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्नाले पनि दुःख पाइनेछ। आफ्नै कमजोरीले काममा बाधा हुने सम्भावना देखिन्छ। आफन्त तथा दाजुभाईबाट सहयोग पाइने छैन भने विवाद बढ्ने योग रहेकोछ । र, पनि छोटो दुरीको धार्मिक यात्राको योग रहेकोछ ।
मिथुन (का,कि,कुघ,ङ,छ,के,को,हा) माया प्रेमको गाठो कसिलो हुनेछ भने जीवन साथीको सहयोगले उत्पादनमुलक काम गर्न सकिनेछ । पारिवारिक सभा समारोहका सहभागि भई मीठो मसिलो भोजन ग्रहण गर्न अवसर प्राप्त हुनेछ । कलाकारिता तथा फिल्मी क्षेत्रमा समय लगानी गर्नेहरुको नाम तथा दाम दुबै कमाउने ग्रहयोग रहेकोछ । असजिलो परिस्थितिलाई बुद्धिमता पुर्वक सहजतामा ढाल्न सकिनेछ । धार्मिक यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
कर्कट (हि,हु,हे,हो,डा,डी,डु,डे,डो) समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि सकारात्मक नतिजा हात लागी हुने योग रहेकोछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउदा मन प्रशन्न हुनेछ । व्यापार, उद्योग तथा शेयरबाट प्रसस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । छोटो दुरीको धार्मिक यात्राको योग रहेकोछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) विदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पादित सामानको व्यापार व्यवसायमा अरुदिन भन्दा अलिक बढी समय खर्चिनु पर्नेछ । क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्रपंतिमा आउन सकिनेछ । सुख दुःखमा साथ दिनेहरु प्रशस्त भेटिनेछन् । धार्मिक यात्रा हुने तथा धार्मिक क्षेत्रमा खर्च बढ्नेछ ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) व्यापार, शेयरबजार तथा उत्पादनमूखि क्षेत्रमा लगानी गरी आम्दानी सुनिश्चित गर्न सकिनेछ । आर्थिक सहजताले रोकिएका कामहरु तीब्र गतिमा सञ्चालन हुनेछन् । स्रोत साधनको प्रयोग गरी अग्रगामी छलाङ मार्न सकिनेछ । बैक तथा वित्तीय पेशासँग सम्बन्धित कामहरुबाट आम्दानी बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथीसँग थप आत्मिय भाव बढ्नेछ । धार्मिक क्षेत्र तथा मन्दिर तिरको भ्रमण गर्न सकिनेछ ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) जानकारिको अभावले कामहरु बिग्रनेछ भने आलोचनाको शिकार होइनेछ । आर्थिक पक्ष कमजोर रहने तथा यही बेलामा व्यापार व्यवसायमा मन्दी आउनेछ । आम्दानी भन्दा खर्च अधिक हुने हुनाले रुपैयाँ पैसाको व्यवस्थापन गर्न गाह्रो पर्नेछ । पढ्ने लेख्ने काममा खासै मन नजादा अरुभन्दा पछि परिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न नसक्दा मान सम्मान पाउने योग टरेर जानेछ । र, पनि धार्मिक यात्राको प्रशस्त सम्भावना छ ।
बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) व्यवसायकै सन्द्रर्भमा लामो दुरीको व्यवसायिक यात्रा हुनेछ । यात्रा तथा पर्यटकीय व्यवसाय फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागी भई उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्र स्वस्फुर्त रुपमा अघि बढ्नेछ । व्यापार तथा शेयरबजारमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।
धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) कुटुम्ब तथा आफन्तसँगको आर्थिक कारोबार मिलाउदै नयाँ कामको थालनी गर्न सकिनेछ । अध्ययनमा ध्यान जानेछ भने कार्यक्षेत्रमा राम्रा काम गर्न सकिनेछ । पुराना समस्याहरु हल भएर जानेछन् । अध्ययन तथा कामको लागि यात्राकोे योग रहेकोछ । आफन्त तथा दिदिबहिनीबाट तपाईंको कामका सहयोग पाइनेछ । उपहार प्राप्तिको योगलाई नकार्न सकिदैन । छोटो दुरीको धार्मिक यात्राको योग रहेकोछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) एकल तथा साझेदारी व्यवसायमा लगानी नगर्नु नै राम्रो रहेकोछ । लगानी गर्दा साझेदारबीच मतभेद बढ्नेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्ना घट्न सक्छ । माया प्रेममा नजिक हुँदा विवाद हुने तथा दाम्पत्य जीवनमा चिसो पनको विकास हुनेछ । र, पनि धार्मिक यात्राको योग रहेकोछ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहने हुनाले तपाईको प्रतिस्पर्धीको रुपमा अरुनै देखा पर्नेछन् । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । आउनु पर्ने रुपैयाँ पैसा नआउने तथा आफन्तलाई दिएको धनले शत्रुता बढाउनेछ । धन सम्पत्ति हराउने तथा चोरी हुने हुनाले यात्रा गर्दा ख्याल गर्नुहोला । प्रेममा अविश्वास बढ्ने योग रहेकोछ भने मामा तथा आफन्तसँग विवाद बढ्नेछ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यवसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ हुनेछ । सन्तानको प्रगति देखेर मन रमाउनेछ भने वंश बृद्धिको गतिलो सम्भावना छ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरु खुशी हुनेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ । आफुले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ । नयाँ योजनाहरु बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ भने सोचेजस्तो आम्दानी गर्न सकिनेछ ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209