Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

संसद्‌मा सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चल्यो,बैठक स्थगित

संसद्‌मा सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चल्यो,बैठक स्थगित

काठमाडौँ । विभिन्न दलहरुको अवरोधपछि आजको प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

कांग्रेस सांसद रामहरि खतिवडाले बोलेको अभिव्यक्तिप्रति आपत्ति जनाएर विपक्षी दलहरुले अवरोध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्। तर, विपक्षी दलका सबै सांसदहरु उठेपछि अहिले सदन अवरुद्ध भएको छ।

शून्य समय सकिएपछि सांसद खतिवडालाई बोल्न दिइएको थियो। उनले रास्वपा सभापति रवि लामिछानेले पदको दुरुपयोग गरेको कुरा उठाएपछि विपक्षी दलहरुले खतिवडाको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन्। सभामुखले खतिवडाले कुन नियमावलीको आधारमा बोलेको भन्ने संसद सचिवालयलाई अध्ययन गरेर निर्णय गर्न आदेश दिएको बताए।