Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जसपा नेपालले ओली सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने

जसपा नेपालले ओली सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने

काठमाडौँ । जसपा नेपालले ओली सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने बताएको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले भूमि सम्बन्धी अध्यादेशमा समर्थन नगर्ने निर्णय गरेको उपाध्यक्ष राजकिशोर यादवले बताए।

भूमिसम्बन्धी अध्यादेश दीर्घकालीन रूपमा मुलुकको हितमा नभएको निष्कर्षसहित अन्य ५ अध्यादेश सरकारले ल्याइसकेको भएकाले आवश्यक छलफल गरेर समर्थन गर्ने निर्णय भएको बताए।

जसपा नेपाल सरकारले ल्याएको अध्यादेश राष्ट्रियसभाबाट पारित गर्ने निर्णायक हो। जसपा नेपाल विपक्षमा उभिएपछि सरकारले ल्याएको भूमि अध्यादेश पारित नहुने भएको छ।

सरकारले सहयोग मागेपछि जसपा नेपालले उपाध्यक्ष यादवको नेतृत्वमा कार्यदल बनाएर अध्ययन गरेको थियो। दुई तिहाइको सरकारले ल्याएको अध्यादेशले यतिबेला सरकार संकटमा परेको छ ।