Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रतिनिधिसभाको बैठक आज पनि बस्ने

प्रतिनिधिसभाको बैठक आज पनि बस्ने

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी ९नियमन० विधेयक, २०८१ लाई प्रस्तुत गर्ने अनुमति माग्ने र प्रस्तुत सम्भावित कार्यसूची छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण ९पहिलो संशोधन विधेयक, २०७७ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यसमाथिको छलफलपछि प्रधानमन्त्रीले भ्रष्टाचार निवारण ९पहिलो संशोधन० विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । आजको बैठकमा शून्य र विशेष समयमा पनि सांसद्हरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउने भएका छन् ।