Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गृहमन्त्रीलाई हटाउनुपर्छ भन्ने खगेन्द्र सुनार संसद भवनबाटै समातिए

गृहमन्त्रीलाई हटाउनुपर्छ भन्ने खगेन्द्र सुनार संसद भवनबाटै समातिए

काठमाडौँ । दलित अभियानका संयोजक खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको छ । संसद भवनको निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको जानकारी प्राप्त भएको छ । आज सोमबार संसद भवनको निषेधित क्षेत्रमा प्रवेश गर्न लागेपछि सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले बताएका छन । खगेन्द्र सुनार दलित अभियानका संयोजक हुन । सुनार यसअघि ६ महिनाअघि गत साउन २९ गते पनि हात खुट्टामा नेल लगाएर माइतीघरबाट प्रदर्शन गर्दै संसद भवन प्रवेश गर्न खोजेका थिए । त्यतिबेला प्रहरी नियन्त्रणमा लिएर साँझ छोडेको थियो ।

अन्तरजातीय विवाह गरेका दलित युवामाथि अत्याचार गरेको आरोपमा गृहमन्त्री लेखकमाथि कारबाहीको माग गर्दै आएका छन् । अन्तरजातीय विवाह गर्ने जोडीलाई गृहमन्त्री लेखककै निर्देशनमा ज्यादती गरेको बिषय सार्वजनिक भएसँगै खगेन्द्रले यसको बिरोधमा आवाज उठाउँदै आएका छन । यस बिषयलाई लिएर यतिबेला सडक देखि संसद सम्म आलोचना भैरहेको छ । यस्तै अन्तरजातिय बिवाह गर्ने सलार्हीका दलित युवा लाई ज्यादती गरेको भन्दै नेपाल सरकारका गृहमन्त्री रमेश लेखक बिरुद्ध सरकारी वकिल कार्यलयमा जाहेरी परेको छ । केही दिन अगाडि अन्तरजातिय बिवाह गर्ने दलित युवा माथि गृहमन्त्रीमन्त्रीकै निर्देशनमा ज्यादती भएको भन्ने बिषय सार्वजनिक भएसँगै यसले यतिबेला चर्चा पाएको छ । संसदमा समेत विभिन्न पार्टीका सांसदहरुले यसको सत्यतथ्य बाहिर ल्याउन माग गरिहेको अवस्थामा सरकारी वकिलको कार्यलयमा लेखक बिरुद्ध आइतबार जाहेरी परेको हो ।

आइतबार सरकारी वकिलको कार्यालय पुगेर दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले जाहेरी दिएका दिएका हुन । अब जाहेरी अनुसार उक्त बिषयको अनुसन्धान अगाडि बढउँने सरकारी वकिल कार्यलयले जानकारी दिएको छ । केही दिन अगाडि समेत दलित अभियानका संयोजक खगेन्द्र सुनारले गृहमन्त्री लेखक बिरुद्ध जाहेरी दिन प्रहरीमा पुगेका थिए तर प्रहरीले जाहेरी लिन अस्वीकार गरेपछि आइतबार उनीहरूले सरकारी वकिलको कार्यालय, काठमाडौंमा जाहेरी दिएको बताइएको छ । प्रहरीले जाहेरी लिन निमानेको खण्डमा सरकारी वकिलको कार्यालयमा जाहेरी दिन सकिने प्रावधान रहेको छ । अब यस्तो अवस्थामा सरकारी वकिलले प्रहरीलाई पत्र नै पठाएर छानबिनको आदेश दिन सक्छ । यो अवस्थामा प्रहरीले छानबिन अघि बढाउनुपर्ने बाध्यात्मक अवस्था रहेको छ ।

गृहमन्त्री लेखकमाथि कानुनी कारबाही अगाडि बढाउन भन्दै सुनारले राष्ट्रिय मानव अधिकार आयोग र दलित आयोगलाई पनि ध्यानाकर्षण गराएका छन । सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको प्रेमविवाहमा गृहमन्त्री लेखकको निर्देशनमा छुटाउन खोजिएको आरोप छ । कानुनी रूपमा योग्य मानिएको विवाहलाई जातीय विभेद गर्दै छुट्टाउन भूमिका खेलेको समाचार बाहिरिएको थियो। त्योसँग दलित अभियान्ताहरूले गृहमन्त्री लेखकको राजीनामा माग्दै सडकमा प्रदर्शन गरिरहेका छन् । यस्तै सांसदहरूले अन्तरजातीय विवाह गरेको जोडीमाथि राज्यसंयन्त्रबाटै भएको अत्याचारका विषयमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेका छन् ।