Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछाने माथि मुद्धा नचलाएका न्यायाधिवक्ता माथि कारवाही गर्ने सरकारको तयारी ! सोमबार सम्म प्रतिवेदन बुझाउँने

रवि लामिछाने माथि मुद्धा नचलाएका न्यायाधिवक्ता माथि कारवाही गर्ने सरकारको तयारी ! सोमबार सम्म प्रतिवेदन बुझाउँने

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने बिरुद्ध संगठित अपराधकोमा मुद्धा नचलाएपछि रातारात सरुवा गरिएका चितवनका न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि छानबिन गर्न गठित समितिले सोमबारसम्म प्रतिवेदन बुझाउने भएको छ । न्यायाधिवक्ताको रातारात सरुवा भएपछि सरकारको समेत यतिबेला निकै आलोचना भैरहेको छ । लामिछानेको सहकारीमा संलग्नता नदेखिएकाले उनीमाथि संगठित अपराधमा कानुनीरुपमा मुद्दा चलाउन नमिल्ने भन्दै मंगलबार उनले अडान लिएका थिए त्यसपछि उनको रातारात सरुवा गरिएको थियो ।

सरकारी वकिलले एक पटक मुद्दा दर्ता गरेपछि मुद्दा फिर्ता लिन पनि नमिल्ने र फेरेर अर्को लैजान पनि नमिल्ने भएकाले उक्त मुद्दाको अभियोजनमा कैफियत भएको आशंकामा छानबिन समिति गठन गरिएको महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायधिवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिएका छन । सहन्यायाधिवक्ता गोपालप्रसाद रिजालको अध्यक्षतामा सहन्यायधिवक्ता सूर्यराज दाहाल, सहन्यायधिवक्ता ईश्वरीप्रसाद ढकाल र उपन्यायधिवक्ता रुद्र आचार्य सदस्य रहेको छानबिन समितिले अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ । सरकारी वकील सम्बन्धी नियमावली २०७७ बमोजिम छानबिन गठित समितिले सोमबारसम्ममा प्रतिवेदन बुझाउने जनाइएको छ ।

न्यायाधिवक्ता लईँटेलले लामिछानेलाई अन्य जिल्लामा संगठित अपराध पनि जोडिएकाले चितवनमा पनि कुनै पनि हालतमा संगठित अपराधको मुद्दा पनि जोड्न महान्याधिवक्ताको कार्यालयले अन्तिम समयमासम्म पनि दबाब दिएको जिल्ला सरकारी वकिलको कार्यालय चितवन स्रोतको भनाई रहेको छ । तर जिल्ला न्यायाधिवक्ता लईँटेलले संगठित अपराधमा अभियोजन गर्न कानुनी आधार प्रमाण नपुग्ने भन्दै महान्याधिवक्ता कार्यालयको दबाब अटेर गरेका थिए । लुइँटेललाई महान्याधिवक्ताको कार्यालय तानेर चितवनमा उच्च सरकारी वकिलको कार्यालय बुटवलमा कार्यरत रवि न्यौपानेलाई पठाइएको छ । जिल्ला न्यायाधिवक्ताहरु सामान्यतया २ वर्ष एउटा कार्यालयमा रहने भएपनि रवि लामिछाने विरुद्ध निर्देशन अनुसारको अभियोजन नगर्दा लुँइटेललाई १५ महिनामानै काठमाडौ तानिएको हो । लुइँटेलमाथि महान्यायधिवक्ता कार्यालय छाननिब सुरु गरेको छ ।

यो प्रकरणले रविविरुद्ध राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको आरोपलाई समेत बल पुगेको छ । रविविरुद्ध प्रमाणका आधारमा भन्दा सरकारको निर्देशनका आधारमा मुद्दा चलाएको आरोप लाग्दै आएको छ । यसअघि काठमाडौं, कास्की र रुपन्देहीमा उनीविरुद्ध संगठित अपराधको मुद्दा चलेको थियो । कास्कीमा सम्पत्ति शुद्धीकरणको समेत कसुर लगाइएको छ । रवि लामिछाने चितवन बाट ५४ लाख रुपैया धरौटी बुझाएर रिहा भैसकेका छन । अब उनी बिरुद्ध पाँचौँ मुद्धाको रुपमा पर्सामा मुद्धा दर्ता गर्नै तयारी रहेको छ ।