Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि,बालेन र हर्कको बिरुद्धमा एमाले नेता महेश बस्नेतले लेखे यस्तो स्टाटस

रवि,बालेन र हर्कको बिरुद्धमा एमाले नेता महेश बस्नेतले लेखे यस्तो स्टाटस

काठमाडौँ । आम आदमी पार्टीका अध्यक्ष एवं दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल दिल्ली विधानसभा चुनावमा पराजित भएपछि यसै प्रसंगलाई लिएर नेकपा एमालेका नेता महेश बस्नेतले रवि लामिछानेको एक तस्बिर राख्दै टिप्पणी गरेका छन । उनले आज सामाजिक सञ्जालमा केजरीवाल र रास्वपा सभापति रवि लामिछानेको तस्बिर सेयर गर्दै पपुलिष्ट व्यक्ति र पार्टीको हार निश्चित रहेको बताएका छन् ।

उनले भारतमा लामो समयदेखि पपुलिस्ट नारा दिएर दिल्लीको शासन सम्हालेको केजरीवाल र आम आदमी पार्टी पराजित हुन पुगेको बताउँदै नेपालमा पनि पपुलिस्ट नारा दिएर उदाउँदै गरेका व्यक्ति र पार्टी हराउने कुरा निश्चितै भएको बताएका हुन् । केजरीवालको उदय भ्रष्टाचारको मुद्दा र विलय इन्डियामा नेपालमा रवि लामिछानेको उदय सहकारी ठगीको मुद्दा र विलय उस्तै उस्तै हुने बस्नेतले टिप्पणी गरेका छन । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, इन्डियामा लामो समयदेखी पपुलिस्ट नारा दिएर दिल्लीको शासन सम्हालेको केजरीवाल र आम आदमी पार्टि पराजित हुन पुगेको छ ।नेपालमा पनि पपुलिस्ट नारा दिएर उदाउदै गरेका ब्यक्ती र पार्टि हराउने कुरा निश्चितै छ। केजरीवालको उदय भ्रष्टाचारको मुद्दा र विलय इन्डियामा नेपालमा रवि लामिछानेको उदय सहकारी ठगीको मुद्दा र विलय उस्तै उस्तै हुनेछ । बालेन्द्र हर्केको कुरै नगरौँ। भन्दै उनले लेखेका छन । यस्तै बस्नेतले हिज मात्रै नेता र कार्यकर्तामा विभेद भएको भन्दै आपत्ति जनाएका थिए । उनले शुक्रबार राति सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आपत्ति जनाएका हुन् ।

उनले रास्वपा सभापति रवि लामिछानेले २ करोड ७९ लाख धरौटी तिरेर रिहा हुँदा दिनेश त्रिपाठीलाई कुटपिट गर्ने तीन जनामध्ये उनकै पार्टीका हुम्ला जिल्ला उपसभापति महानन्द जैसी १ लाख तिर्न नसक्दा कारागार चलान भएको विषयमा टिप्पणी गरेका छन्। उनले भने, ’रवि लामिछाने २ करोड ७९ लाख धरौटी तिरेर रिहा हुँदा दिनेश त्रिपाठीलाई कुटपिट गर्ने तीनजना मध्य उनकै पार्टीका हुम्ला जिल्ला उपसभापति महानन्द जैसी १ लाख तिर्न नसक्दा कारागार चलान भएछन्। नेता र कार्यकर्तामा विभेद किन? प्रभु बैंक कता गएछ? चितवनका लालपुर्जा नौटंकीवला कता गएछन्?’

बिहीबार सकिएको थुनछेक बहसपछि चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई ५४ लाख रुपैयाँमा छाड्न आदेश दिएको थियो।

अदालतले धरौटीमा छाड्न आदेश दिएसँगै रविको ५४ लाखसहित २ करोड ७९ लाख धरौटीमा प्रभु बैंक ग्यारेन्टी बसेको छ। रवि चितवन जिल्ला अदालतमा ५४ लाख, रुपन्देहीमा १ करोड, काठमाडौँ जिल्ला अदालतमा ६० लाख र कास्की जिल्ला अदालतमा ६५ लाख रुपैयाँ गरी २ करोड ७९ लाख रकम धरौटीमा बुझाएर रिहा भएका हुन्।