Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रचण्डले ओलीलाई सिधै मेरो शेरा दरबारमा छानबिन गरेर दोषी देखे थुन्नु भनेपछि...

प्रचण्डले ओलीलाई सिधै मेरो शेरा दरबारमा छानबिन गरेर दोषी देखे थुन्नु भनेपछि...

काठमाडौँ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेरा दरबारमा आफ्नो संलग्नता भए छानबिन गर्न माग गरेका छन्। आज बिहीबार बसेको संसद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, शेरा दरबारमा मेरो पहिला छानबिन होस्। कहिलेकाहीँ क्यान्टोनमेन्टको रकम दुरुपयोगमा पनि नाम जोडिएको छ। छानबिन होस्। मैबाट सुरु होस्।’

अहिले नुवाकोटको शेरा दरबार चर्चामा ल्याइएको छ। प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मले त्यसमा विशेष चासो दिएको मलाई थाहा छ। कतै न कतै त्यसमा प्रचण्डलाई जोड्न सकिन्छ कि, जोड्न नसके पनि बदनाम गर्न सकिन्छ कि भनेर सरकारले धेरै मिहिनेत गरिरहेको छ, उनले भने, ुसरकार खोजिरहेको छ, एउटै पनि अपराध गरेन त पुष्पकमल दाहाल प्रचण्डलरु म आज वाइडबडीको कुरा गर्दिनँ। गिरिबन्धु, यती र ओम्नीको पनि चर्चा गर्दिनँ। तर, सबै उस्तै हुन् भन्ने भाष्य मन्जुर छैन मलाई। म यही रोस्टमबाट भन्छु, शेरा दरबारमा मेरो नाम जोडिन्छ भने छानबिन मबाट सुरु गरौँ।ु

उनले अहिलेको गठबन्धन सरकार बन्दा संविधान संशोधनको गानाबाजासहित सुरु भएको थियो तर अहिलेसम्म केही हुन नसकेको टिप्पणी गरे।

यो सरकार बन्दै गर्दा चारैतिर संविधान संशोधनको गानाबजाना थियो। के के संशोधन हुन्छ, कसरी संशोधन हुन्छ, कहाँ संशोधन हुन्छ, पूरा व्याख्या र विश्लेषण थियो। अहिले लोडसेडिङ भयो कि के भयो, त्यो फिल्म धेरै चलेको देख्दिनँ,ु उनले भने, ुप्रधानमन्त्री ओलीजीले पार्टीकै औपचारिक कार्यक्रममा दोहर्याइदोहोर्याइ संविधान संशोधन ०८७ सालमा हुन्छ भनेको सुनेँ। आज म विशेष गरी नेपाली कांग्रेसका साथीहरुलाई सोध्न चाहन्छु, अब म संविधान संशोधनबारे म बोलौं कि नबोलौं रु हिजो दुई प्रतिस्पर्धी दल मिले भन्ने समाचार अलि लज्जापूर्ण हुन्छ भनेर तपाई्रहरुले त्यसलाई संविधान संशोधनको सैद्धान्तिक जामा लगाइदिनु भएको छ भनेर मैले यही रोष्टमबाट भनेको थिएँ, जुन अहिले पुष्टि भएको छ।