Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रेस सेन्टर नेपाल,गुल्मीको अध्यक्षमा हुमाकान्त पोखरेल निर्वाचित

प्रेस सेन्टर नेपाल,गुल्मीको अध्यक्षमा हुमाकान्त पोखरेल निर्वाचित

गुल्मी । प्रेस सेन्टर नेपाल,गुल्मीमा नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ । गुल्मीको सदरमुकाम तम्घासमा भएको सम्पन्न प्रेस सेन्टर नेपाल, गुल्मी शाखाको चौथो अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

तेस्रो अधिवेशनबाट सचिवमा सर्वसम्मत निर्वाचित पत्रकार हुमाकान्त पोखरेल अहिले प्रेस सेन्टर नेपाल, गुल्मी शाखाको अध्यक्षमा पदमा पनि सर्वसम्मत निर्वाचित भएका छन । जसको उपाध्यक्षमा खुमानन्द फुल्देल लक्ष्मण र वासुदेव पोखरेल, सचिवमा अमृता सेन्चुरी निर्वाचित भएका छन ।

सहसचिवमा पुष्कर वली र प्रियङ्का पन्थी, कोषाध्यक्षमा मन्दिरा विश्वकर्मा निर्वाचित भएका छन । । पदाधिकारीसहित २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक कृष्ण पाण्डेले जानकारी दिए ।

अधिवेशनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरबहादुर कार्की, माओवादी नेता बुद्धि जिसी, तेजेन्द्र सलामी, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव प्रेम सुनार, केन्द्रीय सदस्य भरत पाण्डेलगायतको उपस्थिति रहेको थियो ।