Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सरकारको काम गर्ने शैली नमिलेको गगन थापाको भनाई

सरकारको काम गर्ने शैली नमिलेको गगन थापाको भनाई

काठमाडौँ । कांग्रेस महामन्त्री गगन थापाले सरकारले कामको गति बढाउनुपर्ने बताएका छन । पर्वत प्रदेश ख को प्रथम सम्मेलनमा बोल्ने क्रममा महामन्त्री थापाले कतिपय विषयमा गतिसँगै मति पनि ठीक नभएको बताए ।

‘मति र गति ठीक बनायौं भने परिणाम पनि ठीक आउँछ । यो गराउने जिम्मा कस्को हो त’ महामन्त्री थापाले भने,‘जिम्मेवारी हाम्रो होइन, हामी देशको जेष्ठ पार्टी हो । जेष्ठ पार्टी हुनुको अर्थ समाल्ने हाम्रो धर्म हो ।’

नेपाल बन्दैछ र हामी बनाउँछौ भन्ने कांग्रेसको नारा हुनुपर्ने उनले बताए । निराशा फैलाउने नभई आशा फैलाउने काम कांग्रेसको हुनुपर्ने थापाले बताए । महामन्त्री थापाले प्रदेशलाई बलियो बनाउन संघका मन्त्रालयहरु घटाउनु पर्ने तर्क गरे । संघको शहरी विकास मन्त्रालयले समेत पाँच लाखका योजना बनाउने काममा लाग्न नहुने उनले बताए ।