काठमाडौँ । काठमाडौँ । पुर्व उपराष्ट्रपति नन्द बहादुर पुन सक्रिय राजनितिमा फर्कने तयारीमा रहेका छन । नेपालको संविधानले पुर्वराष्ट्रपति उपराष्ट्रपति लाई सक्रिय राजनितिमा फर्कर्न रोक लगाएको छैन तर नैतिक रुपमा हेर्ने हो यस्तो पद पाएका व्यक्तिहरु फेरी राजनितीमा फर्कन नहुने आम मानिसको बुझाइ छ । तर बिद्यादेवी भण्डारी देखि नन्द बहादुर पुन सक्रिय राजनितिमा फर्कन चाहेका छन जसले गर्दा उनीहरुलाई एमाले र माओवादीमा कुन स्थान दिने भन्ने नै निर्णय हुन सकेको छैन ।
यस्तैमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलाई उपाध्यक्ष बनाउने कि नबनाउने भन्नेबारे नेकपा (माओवादी केन्द्र) भित्र समेत मत बाँझिएको छ । माओवादीका केही नेताले पुनलाई उपाध्यक्ष बनाउनुपर्ने पक्षमा उभिएका छन भने केही नेता त्यसको बिपक्षमा उभिएका छन जसले गर्दा अहिलेसम्म निर्णय हुन सकेको छैन । सोमबार अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ को निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा पुनलाई उपाध्यक्ष बनाउने विषयमा नेताहरूबीच कुरा नमिलेपछि निर्णय हुन नसकेको हो । खुमलटारमा बसेको बैठकमा उपहासचिव वर्षमान पुनले पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्ष बनाउन प्रस्ताव गरेको बताइएको छ ।
सम्मानित पदमा रहिसकेका पूर्वसभामुख अग्निप्रसाद सापकोटा पनि पार्टी उपाध्यक्ष रहेको भन्दै पुनलाई उपाध्यक्ष नै बनाउन उपयुक्त हुने वर्षमानले बताएका थिए। उनको प्रस्तावमा अर्का उपमहासचिव जनार्दन शर्माले पनि सहमति जनाएको बताइएको छ । शर्माले पुनलाई पार्टीमा दोस्रो वरीयता हुने गरी उपाध्यक्ष बनाउन प्रस्ताव गरेको एक नेताले बताएका छन । शर्माले यस्तो प्रस्ताव गरेपछि भने नेताहरू पक्ष–विपक्षमा बाँडिएको अर्का नेताले बताए। अहिले माओवादी केन्द्रमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन्। उनी पार्टीमा अध्यक्ष प्रचण्डपछिको वरीयतामा रहेका छन ।
आफूलाई तेस्रो वरीयतामा पु¥याउने गरी प्रस्ताव आएपछि बैठकमा श्रेष्ठले केही असहज महसुस गरेका थिए। श्रेष्ठले सम्मानित पदमा रहिसकेका व्यक्ति पार्टी राजनीतिमा आउँदा पर्ने असरबारे पार्टीको धारणाले मात्रै नहुने भन्दै आमधारणा कस्तो छ त्यसबारेमा पनि बुझ्नुपर्ने राय राखेका थिए। साथै उनले यस्ता निर्णय गर्दा पार्टीभित्रको शक्ति सन्तुलनलाई जोड दिनुपर्ने बताएका थिए। उनको विचारसँग उपमहासचिव हरिबोल गजुरेल पनि सहमत भएका थिए। वरिष्ठ उपाध्यक्ष श्रेष्ठको असहमतिपछि पुनलाई उपाध्यक्ष बनाउने प्रस्तावमा निर्णय हुन सकेन।
त्यसपछि पूर्वउपराष्ट्रपति पुन आफैले आफूलाई उत्पादन क्षेत्रमा रूचि भएकाले त्यतैतिरको कुनै जिम्मेवारी दिन प्रस्ताव गरेका थिए। उनकै प्रस्तावलाई स्वीकार गर्दै पदाधिकारी बैठकले पुनलाई उत्पादन क्षेत्र हेर्ने गरी प्रमुखको जिम्मेवारी तोकेको छ। पुन गत कात्तिकको अन्तिम सातादेखि माओवादीको बैठकमा आमन्त्रित सदस्यका रूपमा नियमित सहभागी हुँदै आएका छन् । उनी गत पुसमा भएको केन्द्रीय कमिटी बैठकमा पनि उपाध्यक्षको लहरमा बसेका भएका थिए ।