Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

माओवादीले पूर्व उपराष्ट्रपति पुनलाई के जिम्मेवारी दियो ?

माओवादीले पूर्व उपराष्ट्रपति पुनलाई के जिम्मेवारी दियो ?

काठमाडौँ । माओवादीले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई पार्टीको जिम्मेवारी दिने भएको छ । सोमबार बसेको पदाधिकारी बैठकले पासाङलाई उत्पादन क्षेत्र हेर्ने संयन्त्रको प्रमुख बनाउने निर्णय गरेको हो ।

पूर्वउपराष्ट्रपति पुन माओवादी केन्द्रको बैठकहरुमा यसअघिबाटै सहभागी हुन थालेका थिए । पुस अन्तिम साता चलेको केन्द्रीय कमिटी बैठकमा पनि उनी पदाधिकारीकै लहरमा बसेका थिए । उनलाई उत्पादन क्षेत्र हेर्नेगरी संयन्त्र बनाउने र त्यसको प्रमुख रहनेगरी जिम्मेवारी दिइएको बताइएको छ ।

माओवादीका शीर्षमध्येका नेता पुन दुई कार्यकाल उपराष्ट्रपति बनेका थिए । २०७२ मा संविधान जारी भएपछि विद्यादेवी भण्डारी राष्ट्रपति र पुन उपराष्ट्रपति बनेका थिए । दुईपटकको कार्यकाल सकिएपछि भण्डारी र पुन दुवैले सक्रिय राजनीतिमा फर्कने संकेत दिएका थिए ।