Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कांग्रेस सभापति देउवाले मतभेद बिर्सेर पार्टी एकता गरेर अगाडि बढेमा पार्टीले बहुमत ल्याउन सक्ने भनाई

कांग्रेस सभापति देउवाले मतभेद बिर्सेर पार्टी एकता गरेर अगाडि बढेमा पार्टीले बहुमत ल्याउन सक्ने भनाई

काठमाडौं ।कांग्रेस सभापति शेरबहादुर देउवाले मतभेद बिर्सेर पार्टी एकता गरेर अगाडि बढेमा यहीँ व्यवस्थामै पार्टीले बहुमत ल्याउन सक्ने बताएका छन् ।

सोमबार पोखरामा आयोजित प्रदेश सभापतिहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देखिएका चुनौतीको सामना गर्न पनि एक भएर अगाडि बढ्नुपर्ने बताएका हुन् ।

उनले भने,‘हामीले आफ्नो मतभेद बिर्सेर पार्टी एकता गरेर सबै साथिहरु लाग्ने हो भने हाम्रो पार्टीले बहुमत प्राप्त गर्न सक्छ । पार्टीमा एकता जरुरी छ, सबैलाई साथमा लिएर हिँड्न जरुरी छ । अहिलेको चुनौतीको सामना गर्न पनि एक हुनुपर्ने । हाम्रो देशमा सुन्दर राजनीति छ । समानुपातिक र समावेशी छ । यो उत्तम व्यवस्था हो ।’

त्यस्तै, उनले यो समानुपातिक र समावेशी राजनीति हेर्दा कुनै एउटा पार्टीको बहुमत आउन गाह्रो रहेको भन्दै तैपनि कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको बताए । पार्टीलाई हाक्ने र बनाउने भोलीका नेताहरुको काँधमा धेरै ठूलो जिम्मेवारी आएको उनको भनाइ छ ।

उनले भने, ‘वास्तबमा यो समानुपातिक र समावेशी राजनीति हेर्दा कुनै एउटा पार्टीको बहुमत आउन गाह्रो छ । तैपनि हामीले सबैभन्दा ठूलो पार्टी बनाउन सफल भएका छौं । त्यसका बाबजुत भोलिका दिनमा हामीहरु बहुमत ल्याउन सक्ने पार्टी बन्न सकिन्छ । त्यसकारण भोलिका नेताहरु, जसले यो पार्टीलाई हाक्नुपर्नेछ, बनाउनुपर्छ, उहाँहरुको काँधमा धेरै ठूलो जिम्मेवारी आएको छ ।’