पछिल्लो समयकी अत्यन्तै लोकप्रिय गायिका सुनिता बुढा क्षेत्री र ज्ञानेन्द्र शाहीको आवाजमा भर्खर मात्र छहारी युटुब च्यानलबाट नयाँ गीत बग्ने पानीको सार्वजानिक भएको छ। छोटो समयमै टिकटकमा निकै रुचाईएको उक्त गीतको लय शब्द ज्ञानेन्द्र शाही आफैले गरेका छन्, भने भिडियो निर्देशन कमल भक्तले गरेका छन्।
जुना गुरुङ र बिशालनाथ योगीले अभिनय गरेको यो गीतमा आफुले छोडेर गएकी मायालुको बार बार झझल्को किन आईराख्छ भन्ने बिषयलाई निर्देश कमल भक्तले निकै मार्मिक रुपले प्रस्तुत गराएका छन्। गीतको थेगो र केहि शब्दलाई निकै रुचाईएको छ।
गायिका सुनिता र ज्ञानेन्द्रका यस अगाडि सहकार्य गरेका मौरी भिरैमा र न्याउली चरी जस्तै बग्ने पानीको यो गीतलाई पनि दर्शकले निकै रुचाउने कुरामा गायक तथा सर्जक ज्ञानेन्द्र बिस्वस्त छन्।