काठमाडौँ । नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले कांग्रेसका नेताहरु डा. शशांक कोइराला र डा. चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर यो सरकार धेरै दिन नटिक्ने बताएका छन । प्रचण्डले आज फेरी सरकार ढल्ने कुरा दोहोराएका छन । उनी आज चितवान पुगेका छन । उनले त्यहाँ पुगेर समेत उक्त कुरा बताएका हुन । मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै ओली सरकारको भविष्यवाणी गरेका हुन् । उनले आज मात्रै हैन पटक पटक उक्त कुरा बताउँदै आएका छन ।
प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका प्रचण्डले कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइराला, नेता डा. चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर यो सरकार धेरै दिन नटिक्ने दाबी समेत गरेका छन । उनले भने ‘यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन । मैले प्रस्ट भन्ने गरेको छु । यो प्राकृतिक छैन । स्वाभाविक छैन । पारदर्शी छैन । सरकारले गरेका कामहरू पनि उल्टापाल्टा हुँदै गएका छन् । अध्यादेशसम्म आउँदा लाजमर्दो भएको छ,’ उनले भनेका थिए ।
यस्तै उनी सँगै बसेका कांग्रेस नेता कोइरालाले तत्कालै सरकार तलमाथि हुने सम्भावना कमै रहेको बताउँदै राजनीतिमा जे पनि हुनसक्ने बताएका छन । कोइरालाले भने, ‘ठूलो दल मिलेर स्थिर सरकार दिनुपर्छ भन्ने चाहना छ । तत्काल तलमाथि हुने सम्भावना कमै छ । नहुने होइन, राजनीतिमा जे पनि हुन्छ, तर हामी स्थिर सरकारको पक्षमा छौं । अहिले संविधान परिवर्तनको कुरा आएको छ, के बुँदामा हो स्पष्ट हुनुपर्छ भन्ने कुरा हो ।’ कोइरालालगत्तै ठट्टा गर्दै प्रचण्ड थप्छन्, ‘उहाँले राजनीति हो, जे पनि हुनसक्छ भनेपछि बुझ्नुभयो होला नि !’ भनेर उनले भनेका थिए । साथमा रहेका अर्का नेता चन्द्र भण्डारीले भने कुनै प्रतिक्रिया दिएनन् । समय समयमा प्रचण्डले सरकारको आयु तोक्दैै आएका छन ।