काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खानेपानीको समस्या लिएर सिहदरबार पुगेका साम्पाङलाई प्रधानमन्त्री के पी शर्मा ओलीले नभेटेपछि फर्किएका छन ।
उनी खानेपानीको समस्या बोकेर काठमाडौँ आएका हुन । धरानको खानेपानीको समस्या लिएर सिहदरबार पुगेका थिए । उनले रित्तो गाग्री लिएर प्रवेश गर्न खोजेका तर उनको गाग्री भने प्रहरीले लगेको थियो । धरानको खानेपानी समस्यालाई लिएर प्रधानमन्त्री भेट्न सोमबार बिहान सिंहदरबार पुगेका उनलाई भेट्न प्रधानमन्त्रीले समय नदिएको बताइएको छ । उनले सिहदरबार पुगेर आज खानेपानी मन्त्रीलाई भेटेका थिए ।
मन्त्रीले खानेपानीको समस्या समाधान गर्ने आश्वासन दिएपछि प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए । प्रधानमन्त्रीलाई भेट्न करिब १ घण्टा प्रतिक्षा गरेका साम्पाङलाई प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री व्यस्तता रहेको बताउँदै फर्काएको हो । त्यस्तै ५ बजे पछि मात्रै प्रधानमन्त्रीको समय मिल्ने बताएपछि साम्पाङ रिसाउँदै प्रधानमन्त्री कार्यालयबाट फर्किएका हुन् ।