काठमाडौँ । एमालेले सचिवालय बैठक आज बस्दै छ । बेलुका चार बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बताइएको छ ।
पुस तेस्रो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठक बस्न लागेको हो । गौतमले बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताए ।
सचिवालय बैठक बसेर एमालेले केन्द्रीय कमिटी बैठकका निर्णयसहित अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्ने तयारी गरेको छ ।
साथै, बैठकले नेता वामदेव गौतमलाई पार्टीमा भित्र्याउने तयारी गरेकाले उनलाई दिने जिम्मेवारीका बारेमा समेत छलफल हुनसक्ने नेताहरूले बताए ।