Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एमाले छाड्नेको लर्को,एकैपटक दर्जनौँले छाडे एमाले

एमाले छाड्नेको लर्को,एकैपटक दर्जनौँले छाडे एमाले

 

काठमाडौँ । नेकपा एमालेका ५९ जना नेता तथा कार्यकताले एमाले छाड्ने घोषणा गरेका छन । यतिबेला नेकपा एमाले छाड्नेको लर्को लागेको छ । जब पार्टी बाट भीम रावललाई निकासन गरियो तबबाट एमालेमा असन्तुष्टि बढ्दो रहेको छ ।

यही असन्तुष्टिसँगै एमालेको विभिन्न भूमिकामा रहेका ५९ जना नेता कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन् । उनीहरु सबैले भीम रावललाई साथ दिने र उनको मातृभूमि जागरण अभियानलाई समर्थन गर्ने भन्दै एमाले परित्यागको घोषणा गरेका छन् । उनीहरुले संयुक्त विज्ञप्ति निकालेर रावलको साथ रोजेको जानकारी गराएका छन् । केही दिन अघि समेत दर्जन बढीले एमाले छाडेका थिए ।

नेकपा एमाले केन्द्रीय पर्यटन विभाग सदस्य रमेश बहादुर कुँवर, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरु चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावललगायतको नाम छ । उनीहरूले एक विज्ञप्ति जारी गर्दै रावललाई एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पार्टीबाट गरिएको निष्कासन स्वेच्छाचारी, निरङ्कुश र तानाशाही निर्णयको विरोध र भत्र्सना गर्दै अभियानमा लाग्न समेत आह्वान समेत समेत गरेका छन् ।

एमालेले नेता रावललाई पुस १० गते पार्टी सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो। त्यसपछि उनी आफ्नो नेतृत्वमा नयाँ दल खोलेर देश दौडाहमा छन् । भीम रावलसँग जोडिएको आरोपमा एमालेले अन्य केही नेताहरूलाई पनि कारबाही गरेको छ । यस्तै नेकपा एमालेबाट निष्कासन गरिएका भीम रावलको गतिविधिमा संलग्न भएको भन्दै पूर्बमन्त्री सहित कृष्णराज सुवेदीसहित दुई जनालाई पार्टीबाट निष्कासनको सिफारिस गरिएको छ । सत्तारुढ दल नेकपा एमालेले एमालेबाट निस्कासित डा भीम रावलको पक्षमा खुलेका सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र जिल्ला सदस्य भिष्मराज सुवेदीलाई पार्टीबाट निष्कासन गर्न जिल्ला कमिटी कैलालीले केन्द्रलाई सिफारिस गरेको छ।