Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछाने सहित सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा निवेदन दर्ता

रवि लामिछाने सहित सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा निवेदन दर्ता

काठमाडौँ । पोखरामा रहेको सुर्यदर्शन सहकारीको रकम अपचलनमा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा निवेदन दर्ता भएको छ ।

सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय कास्कीले सातै जनालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै निवेदन दिएको हो। निवेदनमा जिल्ला अदालतले धरौटीमा रिहा गर्न दिएको आदेश बदर गरी पुर्पक्षका लागि थुनामै राख्न माग गरिएको छ । जिल्ला अदालतले उनीहरूलाई धरौटीमा छाड्ने आदेश विरुद्ध उक्त आदेश बदर गरी थुनामै राख्न मागसहित उच्च अदालतमा निवेदन दिएको उच्च सरकारी वकिलको कार्यालयका सहायक न्यायाधिवक्ता महेश अर्यालले जानकारी दिएका छन ।

रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल, सहकारीका संस्थापक अध्यक्ष मीना गुरूङ, संस्थापक उपाध्यक्ष कृष्णबहादुर गुरूङ र कोषाध्यक्ष आरती गुरूङलाई जिल्ला अदालतले पुस २५ गते धरौटी लिएर रिहा गर्न आदेश दिएका थिए । रवि लामिछाने सहकारीको रकम अपचलनको आरोपमा गत कार्तिक २ गते पक्राउ परेका थिए । उनी पोखरा बाट २ महिना पछि धरौटीमा छुटेका थिए । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले रविसहित सात जना प्रतिवादीलाई धरौटीमा छाड्ने आदेश दिएको थियो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण ऐनअनुसार कारबाही गर्न जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग लगाएको छ ।

जिल्ला अदालतले लामिछानेलाई ६५ लाख, जोशीलाई ८८ लाख, खनाललाई १५ लाख, पछाईंलाई ३७ लाख, आरती र मीनालाई ५–५ लाख र कृष्णलाई १ लाख रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । रवि लामिछाने धरौटी बुझाएर उहीँ दिन नै निस्किएका थिए । आदेशमा उनीहरू तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार होइनन् भन्ने नदेखिएको उल्लेख छ ।

उनीहरू विरूद्ध लगाइएको अभियोग पत्रमा सहकारी ठगीतर्फ रविलाई ३ करोड ३७ लाख ६५ हजार, छविलाई ५ करोड २६ लाख ६५ हजार, मिना, आरती र कृष्णलाई सहकारीका तत्कालीन सञ्चालकहरू ज्ञानबहादुर बमजन, जिबी राई लगायतको समूह समेत जोडेर ५३ लाख रूपैयाँ बिगोमा प्रतिवादी बनाइएको थियो।

उनीहरूलाई धरौटीमा रिहा गर्ने आदेश आउँदा अभियोग पत्रमा उल्लेख गरिएको बिगो रकमभन्दा निकै कम धरौटी माग गरेको पनि सरकारी वकिलको कार्यालयले जनाएको छ । यस्तै रवि लामिछाने बिरुद्ध काठमाडौँमा पनि सहकारीको रकम अपचलनको अरोप लागेको थियो,उनी काठमाडौँमा पनि धरौटी बुझाएर रिहा भइसकेका छन । रुपन्देही पनि उनी बिरुद्ध मुद्धा दर्ता भएकाले भोली उनी रुपन्देही जाने तयारीमा रहेका छन ।