Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बामदेब गौतम नेकपा एमालेमा जाने पक्का,ओली सँग मिल्यो कुराकानी

बामदेब गौतम नेकपा एमालेमा जाने पक्का,ओली सँग मिल्यो कुराकानी

काठमाडौँ । अन्तत बामदेब गौतम नेकपा एमालेमा जाने भएका छन । एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम एमालेमै फर्किने लागेको बताइएको छ । उनले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओली सँग दुई चरणमा कुराकानी भएको रे आज विहान ओलीसँग फोन सम्बाद भएपछि उनी एमालेमा जान लागेको बताइएको छ । गौतमकले आफु बिगत २ वर्षदेखि एमालेमा फर्किने प्रयत्नमा रहेको भए पनि अब चाहिँ एमालेमा जाने तय भएको दाबी जानकारी दिएका छन । नेता वामदेव गौतमले आफूसहित नेकपा एकता राष्ट्रिय अभियानको ठूलो समूह एमालेमा प्रवेश गर्ने र बाँकी केही सदस्य माओवादी केन्द्रमा जाने बताएका छन् ।

आइतबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटार निवासमा भेटेका गौतमले अब आफू एमालेमै फर्किने पक्का भएको बताएका हुन् । गौतमले अब एकीकृत समाजवादीसँग यो बीचमा गरेका वार्ताहरूको औचित्य सकिएको भन्दै एमालेमै लाग्ने बताए । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेता र गौतमका बीचमा चरणबद्ध छुट्टाछुट्टै एवं सामूहिक रूपमा छलफल भएके थियो । एकीकृत समाजवादीमै प्रवेश गर्ने टुंगोमा पुगिसकेपछि गौतम नेतृत्वको अभियानले कुनै निर्णय सकेको थिएन ।

१७ पुसमा गौतमले एकीकृत समाजवादीसँग एकताको अन्तिम गृहकार्यमा रहेको बताएका थिए ।

तर उनी एकाएक एमालेमा जाने भएका छन । पटक–पटक नेपालसँग कुराकानी गरेका उनले यसअघि समाजवादीमा वरिष्ठ नेता भएर जाने निश्चित भइसकेको तर अरु जिम्मेवारी नटुंगिएको दाबी गरेका थिए। समाजवादीमा जाने अन्तिम तयारीमा रहँदै बसेको नेकपा एमालेको केन्द्रीय समितिको बैठकले विभिन्न समयमा पार्टीबाट अलग भएका नेताहरुलाई पार्टीम फिर्ता हुन आह्वान गरेपछि गौतमले एमालेमा फर्किने मन बनाएका हुन् । एमाले प्रवेश गर्ने पटक–पटकको प्रयासले सार्थकता नपाएपछि गौतमले एकीकृत समाजवादीतिर जाने मन बनाएका थिए ।

एकीकृत समाजवादीमा तेस्रो वरीयता र वरिष्ठ नेता बनेर जाने लगभग टुंगो लागेको दुवै दलले बताउँदै आएका थिए । केही चरणमा गौतमले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल पनि गरेका थिए । एक दुई साताभित्र नै वामदेवलाई पार्टीमा भित्र्याउने एकीकृत समाजवादीको तयारी थियो । तर, केही कुरा मिल्न बाँकी रहँदा रहँदै गौतमा एमालेमा जान तयार भएका हुन् । यस्तै वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानका चार उपाध्यक्ष सहित बहुमत केन्द्रीय समितिले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने निर्णय गरेको छ ।

उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा बुहमत केन्द्रीय समिति सदस्य वामदेवबाट अलगिएको आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले नेकपा एकता राष्ट्रिय अभियान परित्याग गरेको घोषणा गरेको हो ।