Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भिम रावलको पक्षमा बोल्दा फेरि एमालेकै पुर्व मन्त्रीलाई ओलिले पार्टीबाटै हटाए

भिम रावलको पक्षमा बोल्दा फेरि एमालेकै पुर्व मन्त्रीलाई ओलिले पार्टीबाटै हटाए

काठमाडौँ । नेकपा एमालेबाट निष्कासन गरिएका भीम रावलको गतिविधिमा संलग्न भएको भन्दै पूर्बमन्त्री सहित कृष्णराज सुवेदीसहित दुई जनालाई पार्टीबाट निष्कासनको सिफारिस गरिएको छ । सत्तारुढ दल नेकपा एमालेले एमालेबाट निस्कासित डा भीम रावलको पक्षमा खुलेका सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र जिल्ला सदस्य भिष्मराज सुवेदीलाई पार्टीबाट निष्कासन गर्न जिल्ला कमिटी कैलालीले केन्द्रलाई सिफारिस गरेको छ।

शनिबार बसेको पार्टीको जिल्ला सचिवालय बैठकले पूर्वमन्त्री कृष्णराज र जिल्ला सदस्य भिष्मराज सुवेदीलाई पार्टीको संगठित सदस्य समेत नहरने गरि निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको एमाले कैलालीले जनाएको छ । सुवेदीद्धय बाबुछोरा हुन् ।नेकपा एमाले कैलालीले सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री सुवेदी सहित कृष्णराज सुवेदी र उनका छोरासमेत रहेका जिल्ला सदस्य भीष्मराज सुवेदीलाई कारबाही गरेको हो । नेकपा एमालेमा कारबाहीमा परेका नेता भीम रावल पक्षीय गतिविधिमा सक्रिय देखिएपछि एमाले कैलालीले पूर्वमन्त्रीसहित दुई जनालाई कारबाही गरेको हो । एमाले कैलाली सचिव ममता प्रसाद चौधरीका अनुसार शनिबार बसेको एमाले जिल्ला सचिवालय बैठकबाट उनीहरूलाई कारबाही गरेको हो ।

उनीहरू दुवै जना भीम रावलको मातृभूमि जागरण अभियानमा सक्रिय भएका छन् । रावल हाल मातृभूमि जागरण अभियान सञ्चालन गर्दै जिल्ला दौडाहमा लागेका छन् । नेकपा एमाले कैलालीका सचिव ममताप्रसाद चौधरीका अनुसार एमालेबाट कारबाहीमा परेका भीम रावलको स्वागतमा धनगढी विमानस्थलमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको विषय उठेको र त्यसप्रति खेद प्रस्तावसमेत पारित गरिएको छ।

एमाले कैलालीले कारबाहीका लागि सिफारिस गरेका सुवेदीद्वय नातामा बाबुछोरा हुन्। दुवै भीम रावलनिकट मानिन्छन्। एमालेबाट निकालिएपछि भीम रावलले घोषणा गरेको मातृभूमि जागरण अभियानमा उनीहरू सक्रिय थिए। ४ माघमा रावल सुदूरपश्चिम आउँदा धनगढी विमानस्थलमा अध्यक्ष ओलीविरुद्ध नाराबाजी भएको थियो। पूर्वसचिव भीम उपाध्यायले केही समय अगाडि लेखराज भट्टले एमाले छाडेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए तर पछि उनले गल्ती भएको भन्दै माफी मागेका थिए ।

यता एमालेबाट बहिर्गमनमा परेपछि मातृभूमि जागरण अभियान चलाइरहेका डा। भीम रावलले सबै देशभक्तलाई समेटेर वैकल्पिक शक्ति बन्ने दाबी गरेका छन् । पत्रकारहरुले रावललाई राजावादीहरुसँगको भेटघाटबारे जिज्ञासा राखेका थिए ।

उनले अहिलेको देशको अवस्था परिवर्तनका लागि धेरै मानिसहरुसँग हातेमालो गरेर अगाडि बढ्नुपर्ने भन्दै त्यही क्रममा विभिन्न व्यक्तिहरुसँग भेटेको र त्यो स्वाभाविक भएको बताए । रावलले ठूला राजनीतिक दल गन्तव्यहीन, आदर्शहीन र सिद्धान्तहीन भएको आरोप लगाउँदै राष्ट्र र राष्ट्रियता जोगाउन सबै एक हुनुपर्ने धारणा राखे । उनी अहिले ‘मातृभूमि जागरण अभियान नेपाल’को नामबाट देशदौडाहामा छन् । यो अभियानले राष्ट्रिय रुप लिएपछि पार्टीको स्वरुप दिने उनले बताए ।