काठमाडौँ । रास्वपा पार्टी बाट साधारण सदस्य समेत नरहने गरि निस्कासित डा.मुकुल ढकालले रास्वपा पार्टीका सम्पुर्ण सदस्यहरुलाई जनताको काममा लाग्न सुझाव दिएका छन । उनलाई फेरी एकाएक रास्वपाको माया लागेको छ । रास्वपा बाट निकालिए पछि उनले पार्टीको आलोचना गदैँ आएका थिए । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफु पार्टी प्रति नरम रहेको सन्देश दिएका छन । पार्टी सभापति रवि लामिछाने रिहा भएसँगै उनी पार्टी प्रति नरम बनेको उक्त स्टाटस मार्फत बुझन सकिन्छ । उनले आफनो सामाजिक सञ्जाज फेसबुकमा स्टाटस लेख्दै भनेका छन,
प्रिय रास्वपा सदस्यहरू,
पार्टी सभापति अदालती प्रक्रियामा व्यस्त रहँदा पार्टीले आफ्नो नियमित काम बिर्सिएको जस्तो आभाष भइरहेको छ । सरकारले संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेको छ । त्यसैले कुनै पनि बहाना नबनाइ जनताको काममा हामी फर्कनै पर्छ ।
म तपाईंहरू सबैलाई आग्रह गर्न चाहन्छु—आ–आफ्नो तह र समितिमा छलफल गर्न बैठक बोलाउनुहोस् । तपाईंको क्षेत्रका जनताको मुद्दाहरूलाई उठाउने विषयमा स्थानीय बुद्धिजीवी र जनतालाई पनि समेटेर छलफल गर्नुहोस् । त्यसपछि तयार पारिएका मुद्दाहरूलाई माथिल्लो निकाय हुँदै केन्द्रीय कार्यालयमा पठाउनुहोस् ।
केन्द्रीय कार्यालयले ती मुद्दाहरूलाई संसदीय दलमार्फत छलफल गरी संसदमा उठाउने सिस्टम पहिल्यै बनाइएको थियो । यो सिस्टमलाई पुनः जाग्रित गर्नुहोस् र संसदमा जनताको आवाज पु¥याउन आजैबाट पहल थाल्नुहोस् ।
राजनीतिक परिस्थितिका कारण यो आग्रह पार्टीको औपचारिक च्यानलमार्फत राख्न सकिनँ । अहिले इगोमा बसेर केही हुँदैन । देश र जनताको मुद्दामा पार्टी कसरी अघि बढ्नुपर्छ भनेर विचार मात्र राखेको छु । के उचित के अनुचित भनेर नसोची, कृपया यो विषयलाई गम्भीरतापूर्वक लिनुहोस् ।
रवि दाइ आफ्नो अदालती लडाईं आफैँ लड्न सक्षम हुनुहुन्छ । यति बेला, हाम्रो कर्तव्य भनेको पार्टीलाई जीवन्त राख्दै जनताको मुद्दा उठाउनु हो । यो जिम्मेवारी हामीले कुनै हालतमा बिर्सनु हुँदैन ।
आशा छ, तपाईंहरूले मेरो यो आग्रहलाई सकारात्मक रूपमा लिँदै जनताको पक्षमा आवश्यक कदम चाल्नुहुनेछ ।
धन्यवाद ।
डा. मुकुल ढकाल
भनेर उनले लेखेका छन । ढकाल गत भदौंमा रास्वपाबाट निस्कासितमा परेका थिए । ५ महिनापछि दुई प्रदेश सभापति ढकालको पक्षमा खुलेका थिए । कोशी प्रदेश सभापति राजेश तिमल्सिना र मधेशका सभापति तपेश्वर यादवले मुकुललाई पार्टीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डीपी अर्याललाई पत्र लेखेका थिए । सो पत्रपछि रास्वपाले कोशीका सभापति तिमिल्सिनालाई निलम्बित गरिसकेको छ ।