Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जिवि राई समाउनेगरि सिधै सरकारले खारेज गर्यो पास्पोर्ट

जिवि राई समाउनेगरि सिधै सरकारले खारेज गर्यो पास्पोर्ट

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु ९जीबी० राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतले आदेश गरेको छ । न्यायाधीश हिमलाल बेल्बासेको हिजोको इजलासले राईको राहदानी रद्द गर्न आदेश दिएको हो । राहदानी रद्द गर्न राहदानी विभागमा पत्र पठाउने निर्णय भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिल कार्यालयमार्फत जीबीलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउनका लागि राहदानी रद्द गर्न माग गर्दै अदालतमा निवेदन दिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति रवि लामिछानेको पूर्व व्यवसायिक साझेदार समेत रहेका राईलाई देशका विभिन्न सहकारीमा ठगी गर्दै सर्वसाधारणको बचत रकम हिनामिना गरेको आरोप छ । उनी मलेसियामा छन् । राहदानी रद्द नभएकै कारण उनलाई मलेसियाबाट नेपाल ल्याउन नसकिएको बताइन्छ । केही अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएको र केही प्रतिवादी धरौटीमा रिहा भएको भएपनि पीडितले न्याय नपाएको भन्दै सरकारी वकिलको कार्यालयले बिहीबार जिल्ला अदालतमा निवेदन दर्ता गराएको थियो । त्यसैका आधारमा जीबीको राहदानी रद्द गर्न लेखी पठाउने आदेश भएको हो । अब अदालतको पत्र पुगेपछि विभागले रद्द गर्ने प्रक्रिया अघि बढाउनेछ ।

१ अर्ब रुपैयाँभन्दा बढी रकम जीबीले मलेसिया लगेर लगानी गरेको दाबी प्रहरीको छ । जीबी समूहले पोखराको सूर्यदर्शनबाट मात्र डेढ अर्ब रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानले देखाएको छ । जीबीको समूहले पोखरामा २०६५ साल असार १ गते तदर्थ समिति गठन गरी सूर्य दर्शन सहकारी खोलेको थियो । जीबी राई समूहले २०६५ सालमा पोखरामा खालेको सहकारीबाट सुरुदेखि नै रकम अन्य क्षेत्रमा लगाउँदै आएको पाइएको छ ।सहकारीबाट सबैभन्दा धेरै जीबी राईको दाजुभाइकै कार्यकालमा अपचलन भएको निश्कर्ष छ । जीबी अध्यक्ष हुँदा २१ करोड ४२ लाख र जीबीलगत्तै दाइ भूपेन्द्र अध्यक्ष हुँदा ८० करोड ७० लाखको हिसाब देखिएको छैन । संस्थापक अध्यक्ष ज्ञानबहादुर बम्जनको पालामा १९ करोड १८ लाख रुपैयाँ हिनामिना भएको पाइएको छ भने थानबहादुर बुढाको पालामा २७ करोड ४८ लाख रुपैयाँ अपचलन भएको देखिएको प्रहरीले जनाएको छ ।

अहिलेसम्म सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक शिवबहादुर गुरुङ ९महेन्द्र भोटे०, प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याललगायत पुर्पक्षका लागि थुनामै छन् । उनलाई नेपाल झिाउन सरकारले प्रयास गरे पनि हाल सम्म सकेको छैन । गृहमन्त्री भएकै बेला रवि लामिछाने स्वयमले मलेशियाली संरकार संग संवाद गरि फिर्ता पठाई दिन भनेका थिए तर, हाल सम्म पनि पक्राउ पर्न सकेका छैनन । जीविलाई पक्राउ गर्न नसक्दा लाखौँ बचतकर्ताहरु तनाबमा छन् । खाई नखाई जम्मा पारेको पैसा जिवीको समुहले दाई दिए पछि धेरैको अहिले बिचलली भएको छ । कतिपय त घरबार बिहिनको स्थिीतिमा पुगी सकेका छन् ।