डा.मुकुल ढकाललाई रास्वपामा पुरानै हैसियतमा फर्काउन माग गर्दै पत्र लेख्ने कोशी प्रदेश अध्यक्ष राजेश तिम्सिनालाई पनि रास्वपाले निलम्बन गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले कोशी प्रदेश अध्यक्ष राजेश तिम्सिनालाई पार्टीका पूर्वमहामन्त्री डा। मुकुल ढकाललाई पार्टीमा फर्काउने पत्र पठाएपछि यो कारबाही गरिएको हो । पार्टीको अनुशासन समितिले तिम्सिनालाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको हो। निलम्बित महामन्त्री मुकुल ढकाललाई जिम्मेवारीमा फर्काउन पत्र लेखेको र प्रदेशमा सांगठनिक काममा ध्यान नदिएको कारण देखाउँदै रास्वपाले तिम्सिनलाई पार्टीबाट निलम्बन गरेको हो । गत १७ पुसमा पूर्व महामन्त्री ढकाललाई जिम्मेवारीमा फर्काउन माग गर्दै तिम्सिनासहित मधेश प्रदेशका सभापति तपेश्वर यादवले कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाएका थिए ।
पार्टी केन्द्रीय अनुसन्धान आयोगका प्रमुख भरतमणी देवकोटाले नियमावली २०८० को परिच्छेद ४ को नियम ४।१ ९ख०, नियम ४।१।१। ९ख० तथा नियम ६।२।३।९झ० का आधारमा उनलाई निलम्बन गरिएको जानकारी गराएका छन् । ढकाललाई निष्कासन गरिसकेपछि पार्टी अझै कमजोर भएको कोशीका सभापति तिम्सिनाले पत्रमा उल्लेख गरेका थिए । पार्टीको अनुशासन समितिका संयोजक डा। भरत मणि देवकोटाले काठमाडौंमा तिम्सिनालाई निलम्बन पत्र हस्तान्तरण गरेका छन् । सोही विषयलाई लिएर तिमल्सिनाविरुद्व अनुशासन समितिसमक्ष उजुरी परेको थियो । सुनसरीको इटहरीमा बोलाइएको प्रदेश समितिको बैठकमा तिम्सिनामाथि कारबाही गर्ने प्रयास विफल भएको थियो । उक्त बैठकमा ६२ सदस्यीय प्रदेश समितिका जम्मा १३ जना सदस्य मात्र उपस्थित भएका थिए ।
वैशाखमा सम्पन्न प्रतिनिधि सभा उपनिर्वाचनमा इलाम २ मा लज्जास्पद हार ब्यहोरेपछि रास्वपाले मुकुललाई देश दौडाहमा पठाएको थियो । झण्डै डेड महिनालामो देश दौडाहको क्रममा मुकुल देशका ३२ भन्दा धेरै जिल्लामा पुगेका थिए । उनले ३२ जिल्लामा घुमेर पार्टीलाई प्रतिवेदन बुझाएका थिए । आफ्नो प्रतिवेदनमा रास्वपा कमजोर हुँदै गएको, कार्यशैलीप्रति जनताले चिन्ता जाहेर गरेको र यस्तै अवस्था रहे ०८४ को चुनावमा पार्टी राष्ट्रिय दल बन्न नसक्ने उल्लेख गरेका थिए । मुकुलले आफ्नो प्रतिवेदनमा कांग्रेस, एमाले र माओवादीको संगत छाडेर बोलन शाह, गोपी हमालहरुसँग मिल्नुपर्ने मत राखेका थिए । रास्वपाले भने पार्टी हित विपरीत काम गरेको हुँदै नभएको प्रतिवेदन लेखेको भन्दै भदौंमा साधारण सदस्यसमेत नरहने गरि निस्कासीत गरेको थियो ।
यता मुकुल ढकालले आफूलाई पनि पार्टीको साधारण सदस्यबाट नहटाउन भन्दै हारगुहार गरिरहेका थिए । कम्तीमा पनि रास्वपाको साधारण सदस्यता कायम राखिदिन उनले माग गर्दै आएका थिए । उनले आफूमाथि गरिएको कारबाहीबारे पुनर्विचार गर्न भन्दै निवेदन पनि दिए । रास्वपा पुनरावेदन समितिलाई सम्बोधन गर्दै ढकालले यो निवेदन लेखेका थिए । र रबि लामिछाने हिरासतबाट रिहा हुद केही दिन अघि मात्र रबिलाई बधाई पनि दिएका थिए ।