Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एलिना चौहानको डिभोर्सको झुटो हल्लाह रजटपटले फैलाएको भन्दै भगवान भन्डारी आक्रमक

एलिना चौहानको डिभोर्सको झुटो हल्लाह रजटपटले फैलाएको भन्दै भगवान भन्डारी आक्रमक

गायिका एलिना चौहानको वैवाहिक सम्बन्धको कुरालाई लिएर अहिले सामाजिक सञ्जाल निकै तातेको छ । न यतिबेला कसैले एलिनाको राय लिएका छन न उनका श्रीमान बिष्णु सापकोटाको अड्कलबाजी गर्दै र गायिका ज्योति मगरले राखेको स्टाटस र गायक बद्री पंगेनीले राखेको एक भिडियोको आधारमा अहिले एलिन र बिष्णुबिच राम्रो सम्बन्ध छैन । उनीहरु डिभोर्स प्रक्रियामा छन र एलिना घरेलु हिंसामा परिन भनेर हल्ला चलेको छ । यो हल्ला कत्तिको ठिक हो या हैन उनै हल्ला चलाउनेहरुलाई पनि थाह छैन । मिल्न लागेका सम्बन्धलाई पनि यस्तो हल्लाले झन असर गर्छ भन्ने पनि थाहा छैन । सबैजना “एलिना पिडित रहेको” ठोकुवा गरिरहेकाछन्। हरेक सिक्का का दुइटा पाटा हुन्छन । अर्को तर्फबाट हेर्दा यौटै चित्र समेत फरक देखिन सक्छ।

अहिले एलिनाका श्रीमन बिष्णु सापकोटा माथि धेरैै खनिएका छन । अधिंकाशले बिष्णु सापकोटाले बनाएको भिडियोमा मुखमा आएका अश्चिल शब्द प्रयोग गरेका छन । घटना सहि हो गलत थाहा छैन र तर अहिले सामाजिक सञ्जालका केी प्रयोगकर्ता अदालतका न्यायधिश भन्दा कम छैनन । एकजना ठिक र अर्को खराब भएर मात्र हिंसा हुदैन । दुबैजना ठिक हुँदाहुदैपनि स्वाभाव नमिलेर पनि हिंसा सृजना भएको हुनसक्छ । आलोकाँचो उमेर हो गल्ती हुन सक्छन् ति गल्ती सुधार्ने स्पेस बाँकी राखिदिनु समाजको कर्तब्य हो । यसै घटनालाई केन्द्रित गर्दै गायक भगवान भण्डारीले आफनो सामाजिक सञ्जालमा लेख्नछन कसैको नाम नलिईकन एक जना कलाकारले पोष्ट गरेको स्टाटस्लाई आधार बनाएर , आफै अनुमान गरेर चर्चित गायिकाको बारेमा यसरी डिभोर्स हुने वाला छ भनेर प्रचार गर्नु कत्तिको जायज हो रुरुरु कन्टेन्टको खडेरी लाग्यो भन्दैमा अर्काको दाम्त्य जीवनको बारेमा मनपरी बोल्न पाईन्छरु आबश्यक परे सम्बन्धित ब्यक्तिले नै कदम चाल्लान, त्यसपछि समाचार बनाउनु फरक कुरा हो।

तर पहिल्यै आँकलन गरेर नानाथरी भन्नु निच पत्रकारिता हो। भनेर लेखेका छन । फेरि यता गायिका एलिना चौहान स्वयमले पनि यो हल्लालाई खण्डन गर्दै आएकी छन । उनले केही मिडियामा भनेकी छन ‘यसबारे म अहिले केही बोल्दिन । म एकदम तनावमा छु,’ उनले भनिन् । वैशाख ५ गते उनले बागलुङका विष्णु सापकोटासँग धुमधामले विवाह गरेकी थिइन् । त्यसको एक वर्ष नबित्दै उनले विवाह सम्बन्धबारेका प्रश्नको सामना गरिरहेकी छिन् ।

उनले समय आएपछि सबंै कुरा बाहिर ल्याउने समेत बताइएको छ । उनका श्रीमान भने यतिबेला अष्ट्रेलिया रहेका छन । यताउनको डिर्भसको चर्चा चलिरहँदा उनले बजारमा नयाँ गीत ल्याएकी छिन। ‘एक्लैपनि जिन्दगी चल्दो रहेछ’ बोलको गीत उनले आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । डिभोर्सको हल्लाबीच उनले आफ्नो नयाँ गीत सार्वजनिक गरेकी हुन् । रोशन सिंहको शब्द, रचना रहेको गीतमा संगित विशाल निरौलाले भरेका छन् । अहिले डिभोर्सको हल्लाबीच एलिनाले नयाँ गीत ल्याएपछि यसरी आशंका गर्नेहरुलाई झनै यो जोडीबीच सम्बन्ध चिसिएको कुराले बल पनि पुगेको छ ।