Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेको पार्टी कार्यालयको घरभित्रलाई मुकुल ढकालले लगाए गम्भिर आरोप

रवि लामिछानेको पार्टी कार्यालयको घरभित्रलाई मुकुल ढकालले लगाए गम्भिर आरोप

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पाटीले कारवाहि गरेपछि तत्कालिन महामन्त्री मुकुल ढकाल आगो ओकल्न थालेका छन् । पार्टीका रहुनजेल पार्टी सभापति रवि लामिछाने र रास्वपाको तारिफ गरेर नथाक्ने मुकुल आजभोली विपक्षमा बोल्न थालेका छन् । रास्वपामा फेरि पकर्ने जोड गरेका छन् । तर, उनलाई कसैले वास्ता गरेका छैनन । अहिले भने मुकुलले एक पछि अर्को आरोप लगाएका छन् । आज बिहानै सामाजीक सञ्जालमा स्ट्याटस लेख्दै उनले अनुशासन आयोगका प्रमुख बनेर पार्टी भित्र भरतमणि देवकोटाले दुषित राजनीति गरेको आरोप लगाएका छन् । प्रेम आचार्यले सुसाइड नोटमै नाम किटान गरेका टिका ओडारीलाई रास्वपाले कारबाही गर्नुको साटो पुरस्कृत गरिरहेको आरोप लगाएका छन्।आज ढकालले अनुशासन आयोगका प्रमुख बनेर पार्टीभित्र भरतमणि देवकोटाले गरेको दूषित राजनीतिको प्रमाण भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो आरोप लगाएका हुन्।

पार्टीभित्र फरक मत राखेकै आधारमा आफूलाई कारबाहीको सिफारिस गर्ने, फरक मत राखेकै आधारमा राजेश तिमल्सिनालाई कारबाही गर्ने भरतमणि देवकोटाले प्रेम आचार्यले सुसाइड नोटमै नाम किटान गरेका टिका ओडारीलाई कारबाही नगरेर उल्टै पुरस्कृत गरिरहेको उनको भनाइ छ। उनले समाजिक सञ्जालमा लेखेका छन् । अनुशासन आयोगका प्रमुख बनेर पार्टी भित्र भरतमणि देवकोटाले गरेको दुषित राजनीतिको प्रमाणदुइ वर्ष पुग्न लाग्यो प्रेम आचार्यले आत्मदाह गरेको । उहाँको न्यायका लागी मैले आफनो तहमा लडे, तर म सफल हुन सकिन । पार्टी सरकारमा गएका बेला उहाँलाई न्याय दिलाउन पटक पटक पार्टीका मन्त्रीहरूलाई घच्घचाए, तर सफल भइन ९प्रमाण सुरक्षित छ० । तर जे जस्तो भए पनि, उहाँलाई आत्महत्या गर्न बाध्य बनाउनेलाई थाहा पाएसम्म साथ दिइन ।तर केहि हप्ता अगाडी मात्र रास्वपा इलाम जिल्ला सभापतिमा टिका ओडारी चयन हुनु भएछ । शुरूवातमा मेरो पनि उहाँसँग कुराकानी हुन्थ्यो तर जब मैले उहाँको प्रेम आचार्यसँगको सम्बन्ध बारे थाहा पाए, त्यसपछी पार्टी महामन्त्रीको रूपमा उहाँको भूमिका कमजोर बनाउँदै गए । लाग्यो, यसरी नै सही, प्रेम आचार्य प्रति केहि न्याय गरिरहेको छु । यो कुरा समीक्षा यात्राको क्रममा इलामका साथीहरूसँग पनि भएको थियो । साथीहरूले समीक्षा बैठकमा मलाई सुनाएका थिए, यहि कारणले पनि इलाममा पार्टीको छवि धुमिल भएको थियो, भइरहेको छ । प्रमाण बैठकमा सहभागी साथीहरू हुनुहुन्छ ।

टिका ओडारी ती नै पात्र हुन् जसको नाम प्रेम आचार्यले आफ्नो सुसाइड नोटमा लेख्नु भएको छ । के लेख्नु भएको छ, तलको फोटोमा हाइलाइट गरिदिएको छु, पढ्न सक्नु हुन्छ ।पार्टीभित्र फरक मत राखेकै आधारमा मलाई कारवाहिको सिफारिस गर्ने, फरक मत राखेकै आधारमा राजेश तिमल्सिनालाई कारवाहि गर्ने भरतमणि देवकोटाले प्रेम आचार्यले यसरी सुसाइड नोटमै नाम किटान गरेका टिका ओडारीलाई कारवाहि गरेनन्, बरू उल्टै पुरस्कृत गरिरहेका छन् ।बुझ्नेलाई यति नै काफी छ । पार्टी भित्र गुटको राजनीतिक खेल भरतमणि देवकोटाले आफैँ गरिरहेका छन् । अनुशासन आयोगको डन्डा देखाएर दुषित राजनीति गरिरहेका छन् । पार्टीलाई आर्थिक रूपमा च्यापेर पार्टीभित्र हैकमवाद लादीरहेका छन् ।

प्रेम आचार्यलाई न्याय दिलाउन त सकिएन तर मृत्युपछी पनि उहाँलाई यति साह्रो अन्याय त नगरौँ । रास्वपाप्रति आशा राखेका थिए, प्रेम आचार्यले । प्रेम आचार्य ज्यू, तपाईं जहाँ भए पनि मलाई माफ गरिदिनुहोला , तपाईंको न्यायका लागी लड्न त लडे, तर सफल हुन सकिन । उनले भनेका छन् । दुई वर्षअघि संसद् भवन अगाडि पूर्वी नेपालको इलामका व्यवसायी युवा प्रेम आचार्यले आत्मदाह गरेका थिए। आचार्यले आफ्नो सुसाइड नोटमा टिका ओडारीले आफूले कमाएको देख्न नसकेको आरोप लगाएका थिए।