प्यूठानको सरुमारानी गाउँपालिका–२ मा डस्टबिनभित्र नवजात शिशुको शव फालेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।बिहीबार बिहान फोहोर संकलनका लागि राखिएको डस्टबिनमा शिशुको शव भेटिएपछि प्रहरीले तालिमप्राप्त कुकरसहितको सहयोगमा अनुसन्धान अघि बढाएको थियो । जिल्लाको सरुमारानी गाउँपालिका– २ दर्भानमा बिहीबार बिहान बेवारिसे अवस्थामा डस्टबिनभित्र नवजात शिशुको शव फेला परेको थियो । फोहोर संकलन गर्न राखिएको डस्टबिनमा स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
खबर पाएलगत्तै प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए। बिहीबार राति नै शव फाल्ने किशोरी र किशोरलाई नियन्त्रणमा लिइएको छ । दुवै नाबालक भएकाले प्रहरीले परिचय खुलाएको छैन ।स्थानीय प्रहरीको सहयोगमा अनुसन्धान गर्दैजाँदा कक्षा ९ मा अध्ययनरत १७ वर्षीया किशोरीले आफूले उक्त बच्चा फालेको स्वीकार गरेको बस्यालले जानकारी दिए । तीनै किशोरीको थप बयानबाट प्रहरीले १८ वर्षीय एक किशोरलाई पनि पक्राउ गरेको हो। शिशुको हत्या आफू एक्लैले गरेको किशोरीले प्रहरीलाई बयान दिएकी थिइन् प्रहरी स्रोतका अनुसार किशोरीको बुवाको मृत्यु भइसकेको छ भने आमा रोजगारीको सिलसिलामा दुबईमा छिन् ।९ महिना पुगेपछि नै बच्चालाई जन्म अझै पनि सालनाल झरिनसकेका कारण अहिले उनलाई जिल्ला अस्पताल बिजुवारमा उपचारका लागि भर्ना गरिएको छ । प्रहरीका अनुसार उक्त शिशु जन्मिएको ५ ६ दिन भइसकेको पाइएको छ । उनका प्रेमी कक्षा १२ मा अध्ययनरत छन्।
किशोरि दर्भानस्थित सानी आमाको घरमा कोठा भाडामा बसेर पढिरहेकी थिइन्। सानी आमाका दुई वटा घर थिए। अक्सर रातिमा किशोरी घरमा एक्लै हुन्थिन्। सानी आमा अर्कै घरमा जान्थिन्। उक्त किशोरको भने आफ्नै घर थियो। उनी पनि साथीकोमा जान्छु भन्दै रातिमा प्रायः किशोरिलाई भेट्न गइरहन्थे। उनीहरूका बीचमा कलिलै उमेरमा प्रेम सम्बन्ध थियो। त्यही प्रेम सम्बन्ध शारीरिक सम्बन्धमा बद्लीयो । त्यसको परिणाम किशोरी गर्भवती भइन्। क्ेहि समय किशोर र किशोरीको सम्बन्ध उस्तै राम्रै रह्यो। तर, असोज महिनापछि बल्ल किशोरीलाई लाई आफू गर्भवती भएछु भन्ने विश्वास भयो। उनले त्यो कुरा प्रमीलाई नभनेकी होइनन्। ‘तर, प्रेमील उनको को कुरा सुनेको नसुनै गरी उडाइदिन्थे। असोजको महिना विस्तारै जाडो चढ्दै थियो। पेट छोप्न उनले केही बाक्लो ज्याकेटहरू लगाउन थालिन्। विद्यालयमा उनका साथीसंगी र सानी आमा कसैले पनि उनी गर्भवती भएको सुइँको सम्म पाएनन्। सँगसँगै कोठा भाडामा बस्नेहरूले पनि कसैले चाल पाएनन्। पुस २८ गते बेलुका उनलाई बेथाले छोयो। उनी सदाझैं कोठामा एक्लै थिइन्। राति १० बज्दै गर्दा कोठामै छोरालाई सकुशल जन्म दिइन्। तत्कालै प्रेमीलाई फोन सम्पर्क गरिन्। ‘तिम्रो छोरा जन्मिएको छ लिन आऊ’ भनेर ‘बोलाइन्। तर, उनका प्रेमलिे नभा कुरा गर्छेस् भन्दै मोबाइल स्वीच अफ गरिदिए। केहीबेरमै बच्चा रून थाल्यो। बच्चा रोएको आवाज कोठा भाडामा बस्नेहरूले सुन्लान भनेर शिशुको मुख हत्केलाले छोपिन्। बच्चा शान्त भएपछि उनले त्यही सिमेन्टको चिसो भुइँमै राखिदिइन्।
बच्चाको मृत्यु भइसकेपछि उनले त्यो बच्चा कोठामै राख्छिन्। पुस २९ गते बिहान हुँदा उनी सदाका दिनहरू जस्तै सामान्य रूपमा सँगै कोठामा बस्नेहरूसँग प्रस्तुत हुन्छिन्। दिनभर कोठामा मरेको बच्चा लुकाएर राख्छिन्। ३० गते राति उनी एक्लैले झन्डै १५ मिटर टाढाको सरुमारानी गाउँपालिका – २ दर्भानमा सडक खण्डको फोहोर राख्ने भाँडोमा शिशु फालेर फर्किन्छिन्। अझ बच्चा भेटिएको ठाउामा अरु मान्छे जम्मा भएपछि उनी पनि हेर्न पुगेकी थिईन । पछिल्लो समय अबैध रुपमा सन्तान जन्माउने र अलपात्र छाढ्ने प्रबृत्ति बढ्दो क्रममा छ । घर, परिवार, समाज सबैको डरले नौ महिनासम्म गर्भ लुकाएर राख्ने बच्चा जन्मिनासाथ मारेर फालिदिएका घटना देखिन थालेका छन् ।