काठमाडौँ । ऊर्जामन्त्री रहेका दीपक खड्कामाथि मन्त्रालय भित्रै हातपात भएको खुल्न आएको छ । ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री समेत रहेका खड्कामाथि मन्त्रालयभित्रै पुस २६ गते शुक्रबार हातपात र दुव्यवहार भएको बुझिएको छ । पछिल्लो समयमा बिवादित बनेका मन्त्री खड्काले कुलमान घिसिङलाई हटाउन बिभिन्न्न जाल बुन्दै आएका छन । उनले कुलमानलाई हटामउन पटक पटक प्रयास गदैँ आएका छन । मन्त्री खड्का माथि हातपात भएको ।उक्त बिषय आज खुल्न आएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहीबार (माघ ३ गते) कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठकमा भनेपछि सार्वजनिक भएको हो ।उनी कार्यकक्षबाट बाहिरिँदै गर्दा हातपात भएको बताइएको छ । उनले भनेकन थिए, ’गत शुक्रबार एक व्यक्तिले ममाथि मन्त्रालयमा नै दुव्र्यवहार गरेको थियो । गोरखाका एक पोखरेल थरका व्यक्तिले मन्त्रालयभित्रै ममाथि दुव्र्यवहार गरे ।’
त्यसपछि गृहमन्त्री रमेश लेखकले आफूलाई उक्त कुराको जानकारी किन नगराएको ? भनी खडकालाई प्रश्न गरेका थिए । लेखकले सोधेपछि मन्त्री खड्काले ’घटना सामान्य भएकाले खबर नगरेको’ भन्ने जवाफ फर्काएका थिए । गृहमन्त्री लेखकले भने आफूमाथि हातपात भएको घटनाको बारेमा मन्त्रीले नै झन्डै हप्तादिनसम्म किन लुकाएको ? भनी प्रश्न गरेको बैठकमा सहभागी अर्का मन्त्रीले जानकारी दिएका छन । उर्जामन्त्री खड्का आफै बिवादमा मुछिएका पात्र हन । उनको पनि उद्योगीहरु सँग राम्रै साठगाठ रहेको चर्चा नौलो हैन । हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन र एजीईलाई ठेक्का दिलाउने गरी मिलेमतोमा गरेको आरोप उनी माथि रहेको छ । मन्त्री खड्कामाथि हातपात गर्ने व्यक्ति गोरखाको अजिरकोट गाउँपालिका–५, मुच्चोकका हरि पोखरेल रहेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ । पोखरेल २०७९ को निर्वाचनमा गोरखाबाट गण्डकी प्रदेशसभा सदस्यको उम्मेदवार थिए । निर्वाचन आयोगको विवरणअनुसार उनी गोरखाको निर्वाचन क्षेत्र २(२) बाट प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार थिए । पोखरेलले नेपाल टेलिभिजनको कार्ड बोकेर सिंहदरबार प्रवेश गरेको देखिएको प्रहरीले जानकारी दिएको छ ।
पोखरेललाई प्रहरीले पक्राउ गरेर सिंहदरबार वृत्तमा बुझाएको थियो । तर, पछि मन्त्री खड्काको ’आदेश’ मा प्रहरीले पोखरेललाई छोडेका थियो । मन्त्री खड्काले आफूमाथि दुव्र्यवहार गर्ने व्यक्तिलाई कारबाही नगर्न प्रहरीलाई ठाडो आदेश दिएको बताइएको छ । मन्त्री खड्का बिभिन्न बिवादमा तानिने गरेका छन । स्काउटको जग्गा,कुलमानलाई हटाउन गरेका प्रयास र उद्योगीहरुको साठगाठले चर्चामा रहने गर्छन ।