Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अधिवक्ता दिनेश त्रिपाठी कुटिएपछि डा.मुकुल ढकालको यस्तो स्टाटस

अधिवक्ता दिनेश त्रिपाठी कुटिएपछि डा.मुकुल ढकालको यस्तो स्टाटस

काठमाडौँ । समाज केहि हरियो पोतिएको थियो,

केहि रातो पोतिएको थियो ।

समाज विभिन्न राजनीतिक दलका रङ्गहरूले पोतिएकै थियो ।

त्यसरी पोतिएका रङ्गहरू मेटाउन राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्यौँ ।

कालान्तरमा स्थिति यस्तो आयो, हामी आफैँ निलो पोत्दै गयौँ ।

फलत, हरियो झन् हरियो देखिन थाल्यो, रातो झन् रातो ।

७० वर्षदेखी उनीहरूले पोत्ने खेल खेले, हामीले पनि त्यहि शुरू गर्यौँ । हामीले बिर्सियौँ, हामीलाई कोटको रङ्ग बदल्नु थियो वा कोट सिलाउनु थियो ?

हिजो जे भयो (अधिवक्तामाथि आक्रमण), त्यो गलत भयो , र दुःखद भयो ।

यो भनाई हो रास्वपा बाट निस्कास्ति तत्कालिन महामन्त्री मुकुल ढकालको ढकालले हिज भएको अधिवक्ता माथिको आक्रमणको बिषयमा बोल्दै अधिवक्तामाथि आक्रमण गलत र दुःखद रहेको बताउँदै उनले सामाजिक सञ्जाल फेसबुकमा यस्तो स्टाटस लेखेका छन ।

हिज बरिष्ठ अधिबक्ता दिनेश त्रिपाठी माथि काठमाडौँ जिल्ला अदालत अगाडि आक्रमण भएको थियो । यस्तै सत्तारुढ दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पिडीतको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको कुटपिटप्रति भत्र्सना गरेका छन् । आजै सहकारी रकम छानबिन विशेष समितिका सभापति एवं सत्तारुढ दल नेकपा एमालेका सांसद सूर्य थापाले पनि कटाक्ष गरेका थिए ।

बुधबार जिल्ला अदालत काठमाडौंमा सहकारी पिडीतको तर्फबाट बहस गरेर बाहिरिँदै गर्दा त्रिपाठीमाथि रास्वपाका कार्यकर्ताले हातपात गरेका थिए । आफ्ना पार्टीका कार्यकर्ताबाट वकिल कुटिएपछि बुधबार नै रास्वपाले विज्ञप्ति जारी गरेको थियो ।

बिहीबार बिहान सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले धरौटीमा छुटेपछि रविले न्याय मरेको छैन् भन्दै दिएको अभिव्यक्तिप्रति पनि कटाक्ष गरेका छन् । उनले भनेका छन् । न्याय मरेको छैन भन्थे अदालत परिसरमै मुक्का बजारेपछि जिउँदो मात्र होईन माईक टाईसन भन्दा तीनगुणा बललशाली रहेको प्रमाणित भयो।अझै तीन परिसर चाहार्न बाँकी छ जस्तो छ?कति कालाकोट धुजाधुजा हुने हुन?टेलर्स,मिडीया,मेडिकल ,मःम ,मकै सबै चल्ने भए।बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला? उनले भनेका छन् । लामिछानेले रिहा भएपछि अदालत परिसमा देशमा न्याय नमरेको प्रतिक्रिया दिएका थिए ।

जिल्ला अदालत काठमाडौंमा ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएपछि लामिछानेले अदातलप्रति सम्मान व्यक्त गरेका थिए । रिहा भएलगत्तै लामिछानेले भने, ‘सबै जनालाई धेरै धेरै धन्यवाद । न्याय प्रक्रियालाई सघाउन आएको भनेको थिएँ । अदालतप्रति एकदमै सम्मान व्यक्त गर्न चाहन्छु । न्यायप्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु । न्यायलयलाई विशेष धन्यवाद दिन चाहन्छु । यो देशमा न्याय मरेको छैन ।’ सहकारीको रकम अपलचन गरेको आरोपमा २ कात्तिकमा प्रहरीले पक्राउ गरेका लामिछानेलाई जिल्ला अदालत कास्कीले गत बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा छोडेको थियो ।