काठमाडौँ । यतिबेला बरिष्ठ अधिबक्ता दिनेश त्रिपाठी माथि काठमाडौँ जिल्ला अदालत परिसरमा भएको आक्रमणको चर्चा यतिबेला धेरै छ । त्रिपाठीले हालै दिएको एक अन्तरवार्ताको समेत यतिबेला चर्चा पाइरहेको छ । उनले एक टेलिभिजन अन्तरवार्तामा बोल्दै आफूलाई आक्रमण गर्ने रास्वपाकै कार्यकर्ता भएको समेत उनले दाबी गरेका छन ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले कसैले नछुटाएको भए आफू मारिने नै खतरा भएको समेत बताएका छन । उनले भनेका छन्, ‘सुरुमा एउटाले यो टाइ तान्यो । टाइ तानेपछि घाँटी कसिएर मरिन्छ कि जस्तो भयो। तर एकजना कसैले बल्लबल्ल छुटायो । कहाँबाट एकजना आइपुग्यो, जसले मप्रति सहानुभूति राख्दोरैछ। एकजनाले कोटै तान्यो, एउटाले चाहिँ मेरो झोलै लिएर भाग्न थाल्यो ।’ उनले भनेका छन । जाहेरवालाका तर्फबाट बहस गरेर बाहिर निस्केका त्रिपाठीलाई अदालत बाहिर बसेको एक समूहले हातपात गरेको थियो । हात गरेका एक जनालाई समेत प्रहरीले पक्राउ गरेको छ । यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि कुटपिट गर्ने व्यक्तिविरुद्ध उजुरी दिएका छन् । आफूमाथि ज्यान मार्ने उद्योग र आपराधिक उपद्र भएको भन्दै बिहीबार उनले प्रहरी वृत्त सिंहदरबारमा उजुरी दिएका हुन् ।
उनीमाथि बुधबार (हिजो) काठमाडौं जिल्ला अदालत परिसरमा हातपात भएको थियो । नेपाल बार, सर्वोच्च अदालत बार, काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले पनि त्रिपाठीमाथि हमलाको विषयमा अनुसन्धान गरेर दोषीलाई पक्राउ गर्न माग गरेका छन् । यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि बुधबार हातपात गर्ने व्यक्ति अहिले प्रहरी हिरासतमा छन् । उनले आफ्नो नामबाहेक केही पनि परिचय खुलाएका छैनन् ।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको विषयमा थुनछेक बहस सकिएपछि वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि सामान्य हातपात भएको थियो ।
जिल्ला अदालत, काठमाडौंको हाताभित्रै त्रिपाठीमाथि हातपात गर्ने ४८ वर्षीय ललीत केसी हुन् । उनी दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–१ का स्थायीवासी हुन् । ललितपुर, टीकाथलीमा डेरा गरी बस्ने उनले हालसम्म आफ्नो काम, पेशा वा व्यवसाय बताएका छैनन् ।
‘हेर्दा अति सामान्य युवा छन्, के गर्छन् भन्ने कुरा भनेका छैनन्’, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए । बुधबार साँझ बबरमहलस्थित जिल्ला अदालतनजिकैबाट उनी पक्राउ परेका हुन् ।