काठमाडौैँ । कांग्रेस संसदीय दल कार्यसमितिको बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकमा पार्टीबाट प्रतिनिधित्व गर्दै सरकारमा गएका मन्त्रीहरू पनि सहभागी छन् ।
बैठकमा उपप्रधान तथा सहरी विकास प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र वन तथा वातावरण ऐनबहादुर शाही तथा राज्यमन्त्रीहरू रुपा विक र पूर्णबहादुर तामाङलाई बोलाइएको छ ।