Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अधिवक्ता त्रिपाठीमाथि हातपातको घटनामा पार्टी सदस्य संलग्न भेटिए कारवाही गर्ने रास्वपाको भनाई

अधिवक्ता त्रिपाठीमाथि हातपातको घटनामा पार्टी सदस्य संलग्न भेटिए कारवाही गर्ने रास्वपाको भनाई

काठमाडौँ । अधिवक्ता वरिष्ठ दिनेश त्रिपाठीमाथि हातपात भएको घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टीले ध्यानाकर्षण गरेको छ । कार्यवाहक प्रवक्ता मनिष झाले घटनामा पार्टीका कुनै सदस्यको संलग्नता भेटिए कारवाही गर्ने बताएका छन् ।

रवि लामिछानेविरुद्धको मुद्दामा त्रिपाठीले जाहेरीकर्ताको तर्फबाट बहस गरेका थिए । आज बहसपछि काठमाडौं जिल्ला अदालत परिसरभित्र त्रिपाठीविरुद्ध हुलहुज्जत र हातपात भएको थियो । झाले यस किसिमको व्यवहार कानूनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्यायप्रति विश्वास राख्ने राजनीतिक दलका लागि स्वीकार्य नरहेको जनाएका छन् ।

‘यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्बन्धित अनुशासन विभागको ध्यानाकर्षण भएको छ र सो घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुनेछ’, उनले भनेका छन् ।