Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालेन शाहले ओली र देउवाप्रति कडा प्रहार गदैँ लेखे यस्तो स्टाटस

बालेन शाहले ओली र देउवाप्रति कडा प्रहार गदैँ लेखे यस्तो स्टाटस

काठमाडौँ । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले राष्ट्रपतिले भूमिसम्बन्धी अध्यादेश जारी गरेपछि सरकार माथि कडा प्रहार गरेका छन । उनले आफनो सामाजिक सञ्जाल फेसबुक मार्फत सरकार माथि आक्रोश व्यक्त गरेका छन । उनले उनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको तस्विर राख्दै आज पारित भएको अध्यादेशले टुडिखेल, खुल्लामञ्चपनि आफ्नो कार्यकर्तालाई दिने भन्दै आक्रोश पोखेका छन । उनले आफनो सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन । अब खोला मात्र हैन टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ। बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई

राष्ट्रपति रामचन्द्र पौडेलले भुमी अध्यादेश जारी गरे सँगै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले उक्त कुरालाई लक्षित गदैँ कडा प्रहार गरेका हुन । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई जारी गरेका छन् । यसअघि उनले यो अध्यादेश अध्ययनका लागि भन्दै रोकेर राखेका थिए । पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । केही दिन अघि जारी भएको अध्यादेशलाई राष्ट्रपतिले रोकेका थिए ।